२०८२, ९ मंसिर मंगलबार

बनेपाको शीर मेमोरियल अस्पतालमा कर्मचारी थप दरिलो बन्दै

बनेपाको शीर मेमोरियल अस्पतालमा कर्मचारी थप दरिलो बन्दै


धुलिखेल, ११ पुसः कुनै एक जवना थियो बनेपाको शीर मेमोरियल अस्पतालका कर्मचारीहरु आफुलाई परेको समस्या धक खोलेर ब्यवस्थापकसँग भन्न सक्दैन्थे ।

तर अहिले परिस्थिति अलिक फेरिएको छ कर्मचारीको । तर ब्यवस्थापकको नजरमा खास परिवर्तन आउन सकेको देखिदैँन । देशकै पुरानो अस्पतालभित्र पर्छ शीर मेमोरियल पनि । यहाँ धेरैले आजिवन काम गरिसकेका छन् ।

शुक्रबार संयोक एक, सम्झना अनेक । कार्यक्रम थियो शीरमा गठन भएको नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनको पहिलो अधिवेशन । कर्मचारीहरु दिल खोलेर आफ्नो कुरा सुनाउने कोशिस गरिरहेका थिए तर ब्यवस्थापक एक जनापनि उपस्थित थिएनन् । सुन्ने ब्यवस्थापक नभएपनि सुनाउने आवाज भने शीरमा निकै ठूलो देखियो । यतिसम्म कर्मचारी संगठित बनेर आवाज बुलन्द पार्न उनीहरुले ठूलै योगदान गरेका छन । त्याग पनि ।

कर्मचारीहरुले विगत सम्भिए । भक्कालिए । आफ्नो हकअधिकारको कुरा गर्दा ब्यवस्थापकबाट झेलेको दुःखले उनीहरु भित्रभित्रै पिरोलिरहेका थिए । त्यसैमा मेसो मिलाए जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीले । भने ‘कुनै बेला म यहि अस्पतालमा उपचारको लागि लामो समय बसे । त्यहि बेला मलाई लागेको थियो कर्मचारी युनियन बनाउनुपर्छ । आज मेरो पनि सपना पूरा भएको छ । तपाईहरु यसैगरी लाग्नोस, आफ्नो कर्मब्यलाई नभूल्नोस र अधिकार पनि नछोडनोस ।’

ब्यवस्थापकको ब्यवहारले आजित भएका उनीहरुलाई नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका केन्द्रिय अध्यक्ष चन्द्र बहादुर थापाले आफ्नो हकअधिकारबाट पछि नहट्न र आफुपनि कर्मचारीकै हकहितमा लडिरहेको बताएर सान्त्वना दिए । उनले स्वास्थ्य क्षेत्रको वेथिती हटाउन कर्मचारी युनियनले महत्वपूर्ण भूमिका खेलेको बताए । कर्मचारीसँगको समन्वयले मात्रै संस्था बलियो हुने भएपनि ब्यवस्थापकले कहिल्यै कुरा नबुझ्ने गरेका कारण कर्मचारी सधै मारमा पर्ने गरेको उनको तर्क थियो ।

ब्यवस्थापकसँग एकसाथ मिलेर निकै पैठेजोरी खेल्दै आएका शीर मेमोरियल अस्पतालका कर्मचारीहरुले संगठनको नयाँ नेतृत्व चयनमा पनि कुनै विवाद गरेनन । अधिवेशनले तदर्थ समितिका संयोजक राजकुमार श्रेष्ठलाई नै अध्यक्षको जिम्मेवारी दिएको छ ।

उपाध्यक्षमा ऋतुपूर्ण श्रेष्ठ, सचिवमा गोकुल प्रसाद धिताल, कोषाध्यक्षमा शिव प्रसाद मानन्धर र सहसचिवमा राधिका बस्नेत चयन भएका छन । अधिवेशनले कार्यसमितिमा अन्य १० जना सदस्य पनि चयन गरेको नवनिर्वचित उपाध्यक्ष ऋतुपूर्ण श्रेष्ठले जानकारी दिए । ‘हाम्रो मुद्दालाई अझ बलियो बनाउन साथीहरुको साथले हौसला दिएको छ, उपाध्यक्ष श्रेष्ठले भने ‘प्रहरीको बुट र लठ्ठी पश्चातको यो अभियानले संस्था र कर्मचारी दुबैको भलो गर्नेछ ।’

सेभेन डे एड्भेन्टिष्ट चर्चले सञ्चालन गरेको यो अस्पतालका ब्यवस्थापकले कर्मचारीको कुनै पनि समस्या नसुनिरहेको कर्मचारीहरु गुनासो छ ।

प्रकाशित मिति : २०७६, ११ पुस शुक्रबार  ७ : ३० बजे

सिंहदरबार-प्रधानमन्त्री कार्यालयमा सुरक्षा कडाइ

काठमाडौं । जेन–जीको नाममा उच्छृंखल गतिविधि बढेपछि सिंहदरबार र प्रधानमन्त्री

आगामी निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा ‘सूर्य’, नयाँ दलहरू ‘फर्स्ट कम फर्स्ट’ आधारम

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका

सिंहदरबार प्रवेशमा रोक : जेन–जी समूह प्रधानमन्त्रीसँग भेट्न नसक्दा नाराबाजी

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष माग पत्र बुझाउन आज पनि

लुटिएको प्रहरी हतियारसहित तीन जना इलाममा पक्राउ

विराटनगर । काठमाडौं महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट भदौ २४ गते

प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै एमालेद्वारा सर्वोच्चमा रिट दायर

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा