२०८२, १६ चैत्र मंगलबार

बनेपाको शीर मेमोरियल अस्पतालमा कर्मचारी थप दरिलो बन्दै

बनेपाको शीर मेमोरियल अस्पतालमा कर्मचारी थप दरिलो बन्दै


धुलिखेल, ११ पुसः कुनै एक जवना थियो बनेपाको शीर मेमोरियल अस्पतालका कर्मचारीहरु आफुलाई परेको समस्या धक खोलेर ब्यवस्थापकसँग भन्न सक्दैन्थे ।

तर अहिले परिस्थिति अलिक फेरिएको छ कर्मचारीको । तर ब्यवस्थापकको नजरमा खास परिवर्तन आउन सकेको देखिदैँन । देशकै पुरानो अस्पतालभित्र पर्छ शीर मेमोरियल पनि । यहाँ धेरैले आजिवन काम गरिसकेका छन् ।

शुक्रबार संयोक एक, सम्झना अनेक । कार्यक्रम थियो शीरमा गठन भएको नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनको पहिलो अधिवेशन । कर्मचारीहरु दिल खोलेर आफ्नो कुरा सुनाउने कोशिस गरिरहेका थिए तर ब्यवस्थापक एक जनापनि उपस्थित थिएनन् । सुन्ने ब्यवस्थापक नभएपनि सुनाउने आवाज भने शीरमा निकै ठूलो देखियो । यतिसम्म कर्मचारी संगठित बनेर आवाज बुलन्द पार्न उनीहरुले ठूलै योगदान गरेका छन । त्याग पनि ।

कर्मचारीहरुले विगत सम्भिए । भक्कालिए । आफ्नो हकअधिकारको कुरा गर्दा ब्यवस्थापकबाट झेलेको दुःखले उनीहरु भित्रभित्रै पिरोलिरहेका थिए । त्यसैमा मेसो मिलाए जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीले । भने ‘कुनै बेला म यहि अस्पतालमा उपचारको लागि लामो समय बसे । त्यहि बेला मलाई लागेको थियो कर्मचारी युनियन बनाउनुपर्छ । आज मेरो पनि सपना पूरा भएको छ । तपाईहरु यसैगरी लाग्नोस, आफ्नो कर्मब्यलाई नभूल्नोस र अधिकार पनि नछोडनोस ।’

ब्यवस्थापकको ब्यवहारले आजित भएका उनीहरुलाई नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका केन्द्रिय अध्यक्ष चन्द्र बहादुर थापाले आफ्नो हकअधिकारबाट पछि नहट्न र आफुपनि कर्मचारीकै हकहितमा लडिरहेको बताएर सान्त्वना दिए । उनले स्वास्थ्य क्षेत्रको वेथिती हटाउन कर्मचारी युनियनले महत्वपूर्ण भूमिका खेलेको बताए । कर्मचारीसँगको समन्वयले मात्रै संस्था बलियो हुने भएपनि ब्यवस्थापकले कहिल्यै कुरा नबुझ्ने गरेका कारण कर्मचारी सधै मारमा पर्ने गरेको उनको तर्क थियो ।

ब्यवस्थापकसँग एकसाथ मिलेर निकै पैठेजोरी खेल्दै आएका शीर मेमोरियल अस्पतालका कर्मचारीहरुले संगठनको नयाँ नेतृत्व चयनमा पनि कुनै विवाद गरेनन । अधिवेशनले तदर्थ समितिका संयोजक राजकुमार श्रेष्ठलाई नै अध्यक्षको जिम्मेवारी दिएको छ ।

उपाध्यक्षमा ऋतुपूर्ण श्रेष्ठ, सचिवमा गोकुल प्रसाद धिताल, कोषाध्यक्षमा शिव प्रसाद मानन्धर र सहसचिवमा राधिका बस्नेत चयन भएका छन । अधिवेशनले कार्यसमितिमा अन्य १० जना सदस्य पनि चयन गरेको नवनिर्वचित उपाध्यक्ष ऋतुपूर्ण श्रेष्ठले जानकारी दिए । ‘हाम्रो मुद्दालाई अझ बलियो बनाउन साथीहरुको साथले हौसला दिएको छ, उपाध्यक्ष श्रेष्ठले भने ‘प्रहरीको बुट र लठ्ठी पश्चातको यो अभियानले संस्था र कर्मचारी दुबैको भलो गर्नेछ ।’

सेभेन डे एड्भेन्टिष्ट चर्चले सञ्चालन गरेको यो अस्पतालका ब्यवस्थापकले कर्मचारीको कुनै पनि समस्या नसुनिरहेको कर्मचारीहरु गुनासो छ ।

प्रकाशित मिति : २०७६, ११ पुस शुक्रबार  ७ : ३० बजे

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा