२०८३, २० आश्विन बुधबार

यस्तो देखियो सूर्यग्रहण

यस्तो देखियो सूर्यग्रहण


काठमाडौँ – पौष कृष्ण औँसीका दिन बिहीबार खण्डग्रास सूर्यग्रहण लागेको छ । बिहान ८ः४२ मा स्पर्श गरेको ग्रहण बिहान १०ः०१ बजे मध्य एकको हो। ग्रहण ११ः३१ बजे समाप्त हुनेछ। यो सन् २०१९ को अन्तिम सूर्यग्रहण हो ।

यो सूर्य ग्रहण आउँदो एक दशकमा पर्ने ४–५ सूर्य ग्रहणको तुलनामा सबैभन्दा लामो समय देखिने छ । यस आधारमा बिहीबारको सूर्य ग्रहणलाई यो शताब्दीकै सबैभन्दा लामो अवधिको सूर्य ग्रहण भनिएको छ । यो सूर्य ग्रहण अरु ग्रहणको तुलनामा धेरै क्षेत्रबाट देखिने छ ।

नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, म्यानमार, बंगलादेश, भुटान, चीन, अस्ट्रेलियासहितका क्षेत्रकाट यो ग्रहण देख्न सकिने छ ।
समाचार संस्था एएफपीका लागि यी आङ तुले खिचेको तस्बिरमा सूर्यग्रहण स्पष्ट देखिएको छ ।

सूर्य ग्रहण एक खगोलीय घटना हो । सूर्य र पृथ्वीको बिचमा चन्द्रमा परेपछि सूर्य ग्रहण लाग्ने गर्छ । बिहीबार लाग्ने सूर्य ग्रहणको क्रममा सूर्य ‘रिङ्ग अफ फायर’ जस्तो देखिने भएकाले विशेष रहेको छ । तुले खिचेको तस्बिरमा पनि रिङ्ग अफ फायर देखिएको छ । यसपछि सन् २०२० को जुन २१ मा सूर्य ग्रहण लाग्ने छ । सन् २०१९ मा यसअघि दुई पटक सूर्य ग्रहण लागेको थियो । गएको जनवरी ६ र जुलाई २ मा सूर्य ग्रहण लागेको थियो ।

प्रकाशित मिति : २०७६, १० पुस बिहीबार  १० : ३१ बजे

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

आजको मौसम : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, चट्याङ र हावाहुरीबाट सतर्क रहन आग्रह

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३५ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६३५ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय