२०८३, १८ बैशाख शनिबार

पाँचखाल नगरपालिका र इट्टा उद्योगीबीच सहमति अझै हुन सकेन

पाँचखाल नगरपालिका र इट्टा उद्योगीबीच सहमति अझै हुन सकेन


धुलिखेल ८ पुस: काभ्रेको पाँचखाल नगरपालिका र इट्टा उद्योगी बीच सहमति अझै हुन सकेको छैन । गएको शुक्रबार साझँसम्म बसेको बैठकले कुनै निष्कर्ष ननिकालेपछि मंगलबार पुनः बैठक बसिरहेको छ ।

तर बैठकले अहिलेसम्म कुनै निष्कर्ष निकाल्न सकेको छैन । बैठक अझै लम्बिन सक्ने प्रमूख प्रशासकीय अधिकृत लोक बहादुर भण्डारीले बताए । नगरपालिकाले इट्टा भट्टाका कारण प्रदूषण बढेको भन्दै विकल्प खोज्न उद्योगीहरुलाई आग्रह गरेको छ ।

उद्योगीहरुले भरपर्दो विकल्प नगरपालिकाले दिन नसकेको आरोप लगाइरहेका छन् । नगरपालिकाले विद्यूतीय मेसिनको प्रयोग गर्न उद्योगीहरुलाई भनेको छ । तर नवदुर्गा भवनी इट्टा इन्ड्रस्टिजका सञ्चालक जितेन्द्र खायमालीले मेसिन जडानपछि प्रदूषण कम हुन्छ भन्ने ढुक्क नहुदाँसम्म जडान गर्न नसकिने बताए ।

पाँचखाल नगरपालिकाभित्र ७ वटा इट्टा उद्योग सञ्चालमा छन । ती उद्योगले दाउरा र कोइला मार्फत इट्टा पोल्दै आइरहेका छन् ।

प्रकाशित मिति : २०७६, ८ पुस मंगलबार  ६ : ०२ बजे

लुम्बिनीमा प्रधानमन्त्री गायब ! परम्परा तोडिँदा चर्कियो आलोचना

लुम्बिनी । बुद्धजयन्तीको अवसरमा हरेक वर्ष जस्तै यसपटक पनि विशेष

घरटहरा हटाउँदा आफ्नै सरकारविरुद्ध सांसद ! ‘जनतालाई बिर्सन मिल्दैन’

काठमाडौँ । देशका विभिन्न स्थानमा सञ्चालन भइरहेको घरटहरा हटाउने अभियानप्रति

देशमा सुरक्षित र समावेशी डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकता : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले देशमा

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा