धुलिखेल, ७ पुसः सिन्धुपाल्चोक जिल्लाको लिसंखु पाखर गाउँपालिकाले सबै वडामा निःशुल्क आँखा शिविर सञ्चालन गर्ने भएको छ । आँखा शिविर सञ्चालनका लागि पालिकाले बनेपा स्थित रेयुकाई मासुनागा आँखा अस्पतालसँग सम्झौता गरेको हो ।
सम्झौता अनुसार पालिकाका सबै वडामा चालु आर्थिक वर्षभित्रै निःशुल्क आँखा शिविर सञ्चालन हुनेछ । आँखा जाँच देखि मोतियाविन्दुका विरामी भएकाहरुको शल्यक्रिया समेत निःशुल्क गरिने पालिकाकाले जानकारी दिएको छ ।
आँखा अस्पताल र गाउँपालिका बीच सम्झौता लगत्तै वडा नं ४ अत्तरपुरमा आँखा शिविर पनि गरिएको छ । शिविरमा १४२ जनाको आँखा परीक्षण गरिएको थियो । ती मध्ये २३ जना मोतिबिन्दु भएको पाइएपछि निःशुल्क शल्यक्रियाका लागि बनेपास्थित आँखा अस्पतालमा सोमबार पठाइएको पालिकाकाले जनाएको छ ।
प्रतिक्रिया