२०८३, १८ बैशाख शनिबार

रोशी गाउँपालिकाको सबै वडामा बालअक्षय कोष

रोशी गाउँपालिकाको सबै वडामा बालअक्षय कोष


धुलिखेल, ४ पुसः काभ्रेको रोशी गाउँपालिकाले सबै वडामा बाल अक्षय कोष स्थापना गरेको छ । यसअघि सेभद चिल्ड्रेनको आर्थिक सहयोगमा बालअक्षय कोष स्थापना हुन बाँकी रहेका वडाहरुमा पनि अक्षय कोष स्थापना भएको योजना शाखाका राम तामाङले जानकारी दिए ।

उनका अनुसार वडामा स्थापना भएका अक्षय कोषमा न्यूनतम ३ लाखदेखि ६ लाख रुपैयाँसम्म रकम छ । यो रकम संरक्षक नभएका र आर्थिक रुपमा अतिविपन्न बालबालिकाको पठनपाठनमा खर्च गरिनेछ । ‘संरक्षक नभएका र आर्थिक रुपमा अतिविपन्न बालबालिकाहरुको पठनपाठनमा सहयोग गर्ने उद्देश्यले कोष स्थापना गरिएको हो, तामाङले भने ‘यो कोषको रकमले आर्थिक अभावकै कारण पालिकाभित्रका कोहि पनि बालबालिका विद्यालय शिक्षा पाउनबाट बञ्चित हुनुपर्ने छैन ।’

रोशी गाउँपालिकामा यस्ता बालबालिकाको संख्या झण्डै २ सय रहेको बताइएको छ । पालिकाले बाल अक्षय कोष सञ्चालन कार्यविधि नै बनाएर मासिक ५ सयका दरले वितरण गर्ने ब्यवस्था मिलाएको छ । पुरानो कार्यविधि अनुसार मासिक ३ सय रुपैयाँ मात्रै पाउने ब्यवस्था थियो । ‘पालिकाले अक्षय कोषको रकम दुरुपयोग नहोस भने छुट्टै कार्यविधि नै बनाएर लागु गरिसकेको छ, तामाङले भने ‘कोष सञ्चालन गर्दा आइपर्ने समस्या पनि कार्यविधि बनेपछि हटेको छ ।’

प्रकाशित मिति : २०७६, ४ पुस शुक्रबार  ९ : ०१ बजे

लुम्बिनीमा प्रधानमन्त्री गायब ! परम्परा तोडिँदा चर्कियो आलोचना

लुम्बिनी । बुद्धजयन्तीको अवसरमा हरेक वर्ष जस्तै यसपटक पनि विशेष

घरटहरा हटाउँदा आफ्नै सरकारविरुद्ध सांसद ! ‘जनतालाई बिर्सन मिल्दैन’

काठमाडौँ । देशका विभिन्न स्थानमा सञ्चालन भइरहेको घरटहरा हटाउने अभियानप्रति

देशमा सुरक्षित र समावेशी डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकता : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले देशमा

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा