२०८३, ९ असार बुधबार

पनौतीमा अपाङ्गमैत्री वडा भवनको शिलान्यास, बर्थिङ सेन्टरको उद्घाटन

पनौतीमा अपाङ्गमैत्री वडा भवनको शिलान्यास, बर्थिङ सेन्टरको उद्घाटन


धुलिखेल, ३० मंसिरः काभ्रेको पनौती नगरपालिकाको वडा नं ४ मा सुविधा युक्त नयाँ भवन बन्ने भएको छ ।

भवनको सोमबार नगरपालिका प्रमूख भिम प्रसाद न्यौपानेले शिलान्यास गरे । भवन निर्माणका लागि ४ करोड ७५ लाख ६ हजार रुपैँया रकम विनियोजन गरिएको नगरपालिकाका इन्जिनियर प्रेम कुमार सोनामले जानकारी दिए ।

१७ महिनामा निमार्ण पूरा गर्ने योजना रहेको भवन अपाङ्गमैत्री हुनेछ । वडा नं ३ को वडा भवन पनि बनाउने काम सुरु भैसकेको छ । नगरपालिकाभित्रका सबै वडा कार्यालयल सुविधासम्पन्न बनाउँदै जाने नगरका प्रमूख न्यौपानेले बताए ।

यसैबीच पनौती नगरपालिका वडा नम्बर ७ मा निर्माण गरिएको बर्थिङ सेन्टर आजबाट औपचारिक रुपमा सञ्चालनमा आएको छ । पनौती स्वास्थ चौकिको बर्थिङ सेन्टरको नगर प्रमुख भिम प्रसाद न्यौपानेले उद्घघाटन गरेका हुन् ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चापागाईं, वरिष्ठ प्रशासकीय अधिकृत इन्द्र प्रसाद अधिकारी, जिल्ला स्वास्थ कार्यलय काभ्रेका प्रमुख डा. नरेन्द्र कुमार झा, पनौती नगपालिका स्वास्थ शाखा प्रमुख पुरुषोत्तम तिमल्सिना, स्थानीय जनप्रतिनिधि, राजनैतिक दलका नेता, स्वास्थ्य कर्मी र सेवाग्राहि उपस्थित रहेको पनौती स्वास्थ्य चौकी संचालक समितीका अध्यक्ष एंव वडा अध्यक्ष रामचन्द्र नास्नानीले बताउनुभयो ।

प्रकाशित मिति : २०७६, ३० मंसिर सोमबार  ६ : ३६ बजे

रास्वपा सभापतिमा रविको उम्मेदवारी, बालेन बने प्रस्तावक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदका लागि

रास्वपा महाधिवेशन अघि बढ्यो : मतदाता नामावली प्रकाशन, सभापतिदेखि सबै पदमा प्रतिस्पर्धा खुला

चितवन । प्रतिनिधि नामावली विवादका कारण सोमबारदेखि रोकिएको राष्ट्रिय स्वतन्त्र

चार वर्षपछि विनोद शाही हत्या प्रकरणमा नयाँ मोड : उच्च अदालतबाट ६ जनालाई जन्मकैद

धनगढी । अछामका किशोर विनोद शाहीको हत्या प्रकरणमा जिल्ला अदालतले

प्रतिनिधि विवादले रास्वपाको बन्द सत्र प्रभावित, महाधिवेशन कार्यतालिका अस्तव्यस्त

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत सोमबार

कमलामाईमा सार्वजनिक खरिद व्यवस्थापन तालिम सकियो

सिन्धुली: सार्वजनिक खरिद व्यवस्थापन सम्बन्धी तालिम आज सकिएको छ ।