२०८३, ३० जेष्ठ आईतबार

बनेपामा भक्तेश्वर मार्ग स्तरउन्नतिको काम सुरु

बनेपामा भक्तेश्वर मार्ग स्तरउन्नतिको काम सुरु


धुलिखेल, ३० मंसिर काभ्रेको बनेपा नगरपालिका वडा न.६ मा रहेको भक्तेश्वर मार्ग स्तरउन्नतीको काम सुरु भएको छ ।

सोमबार एक कार्यक्रमको आयोजना गरी प्रदेश सांसद बसुन्धरा हुमागाईले मार्ग स्तरउन्नती गर्ने कामको सुरु गर्नुभएको हो । ६० लाख २६ हजार ४ सय ६२ रुपैयाँमा ठेकेदार मार्फत ढल बिछ्याउने र सडक फराकिलो पार्ने काम हुने वडाध्यक्ष सचितानन्द केसीले बताउनुभयो ।

२०७७ साल बैशाख महिनाभित्र ४ सय मिटर लामो यो मार्ग स्तरन्नति भइसक्नेछ । प्रदेश सरकारबाट विनियोजन भएको बजेटबाट स्तरउन्नती हुन लागेको यो सडक ३६ फिट चौडाईको बन्ने छ ।

शिलान्यास कार्यक्रममा बनेपा नगरपालिकाका नगरप्रमुख लक्ष्मी नरसिंह बादे श्रेष्ठ, उपप्रमूख रेखा सापकोटा दाहाल, वडा नम्बर ५ का वडाध्यक्ष बलराम अधिकारी, वडा नम्बर ७ वडाध्यक्ष बर्ण शाक्यका साथै स्थानीयहरु सहभागि हुनुभएको थियो ।

प्रकाशित मिति : २०७६, ३० मंसिर सोमबार  १ : ३० बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क