२०८२, २ माघ शुक्रबार

चलचित्र विकास बोर्डका अध्यक्ष केशब भट्टराईको निधन

चलचित्र विकास बोर्डका अध्यक्ष केशब भट्टराईको निधन


काठमाडौं, मंसिर ३० : फिल्मकर्मी तथा चलचित्र विकास बोर्डका अध्यक्ष केशब भट्टराईको निधन भएको छ। आइतबार राति अनामनगरस्थित घरबाट चाबहिलस्थित ओम अस्पताल लैजाँदै गर्दा भट्टराईको निधन भएको चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले जानकारी दिए। राति १० : २० बजे ओम अस्पतालमा पुर्‍याउँदा चिकित्सकले भट्टराईलाई मृत घोषणा गरेको लामाले बताए। चिकित्सकलाई उदृत गर्दै लामाले दिएको जानकारी अनुसार हृदयघातका कारण उनको मृत्यु भएको हो।

सोमबार बिहान १० बजेपछि भट्टराईको शवको त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम हुनेछ। त्यसपछि शनिबार निधन भएका अर्का अभिनेता दिपक क्षेत्री र भट्टराईको शव दिउँसो २ बजेपछि चलचित्र विकास वोर्डको कार्यालयमा अन्तिम श्रदाञ्जलीका लागि राखिने अध्यक्ष लामाले जानकारी दिए। सोमबार नै दुवै जनाको दाहसंस्कार गरिने पनि लामाले बताए।

५२ वर्षीय भट्टराई लामो समयदेखि नेपाली चलचित्रमा चरित्र अभिनेताको रुपमा अभिनय गर्दै आएका थिए। उनी चलचित्रका निर्माता पनि हुन। भट्टराई एक वर्षअघिदेखि चलचित्र विकास वोर्डको अध्यक्ष थिए।

प्रकाशित मिति : २०७६, ३० मंसिर सोमबार  ७ : १८ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा