२०८२, १ फाल्गुन शुक्रबार

अधिकृतको कमाइ साढे दश करोड!

अधिकृतको कमाइ साढे दश करोड!


काठमाडौं, मंसिर ३० : लेखापालबाट सरकारी सेवामा उपसचिव पदमा पुगेका सरकारी कर्मचारीले कति कमाउलान्? एक करोड, डेढ करोड वा दुई करोड? तपाईंलाई पत्यार नलाग्ला, भन्सारमा काम गर्ने एक अधिकृतले आफ्नो ३१ वर्षे सेवा अवधिमा साढे १० करोड रुपैयाँ कमाएका छन्। तातोपानी भन्सार कार्यालय (सिन्धुपाल्चोक)का प्रमुख भन्सार अधिकृत कृष्णबहादुर बस्नेतले १० करोड ५६ लाख ९१ हजार रुपैयाँ कमाएका हुन्।

बस्नेतले तलबभत्ता, टिडिए, विदेश भ्रमण, पुरस्कार, ओभर टाइम काम गरेरमात्र उक्त रकम कमाएका भने होइनन्। उनको वैध आम्दानी पौने दुई करोड रुपैयाँ भए पनि पदीय आचरणविपरीत गैरकानुनी रूपमा भ्रष्टाचार गरेर उक्त रकम कमाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दाबी छ। बस्नेतले भन्सार अधिकृतको रूपमा काम गर्दा विदेशबाट नेपाल आयात गर्ने सामानहरूका भन्सार छुटाउँदा विभिन्न व्यापारी, क्यारिङ व्यवसायी एवं भन्सार एजेन्टसँग गैरकानुनी रूपमा घुस लिएर अकुत सम्पत्ति कमाएको छानबिनबाट खुलेको अख्तियारले जनाएको समाचार नागरिक दैनिकमा छ।

भोजपुर षडानन्द नगरपालिका–११ स्थायी घर भएका बस्नेत अहिले काठमाडौं महानगरपालिका–४ धुम्बाराही बस्छन्। २०४५ सालमा लेखापाल पदबाट सेवा प्रवेश गरेका बस्नेतको २०७६ असार मसान्तसम्मका वैध आम्दानी एक करोड ७८ लाख २० हजार ९७५ रुपैयाँ मात्र देखिएको छ। उनले अन्य रकम भ्रष्टाचार गरेर कमाएको अख्तियारको छानबिनबाट देखिएको छ।

प्रकाशित मिति : २०७६, ३० मंसिर सोमबार  ७ : ०५ बजे

लन्डनमा भूतपूर्व गोर्खा सैनिकलाई भोक हड्ताल नगर्न बेलायत सरकारको आग्रह

लन्डन । बेलायतको रक्षा मन्त्रालयले भूतपूर्व गोर्खा सैनिकहरूलाई भोक हड्ताल

झापामा अध्यक्ष ओलीका सात दिन ८० वटा टोलमा मतदाता भेटघाट

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

दैलेख । भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा ८० अर्ब ७० करोड

सत्ताको दुरूपयोग गर्दै नेकपा उम्मेदवार दाहालले गरे पार्टी प्रवेशको प्रपञ्च, साँझ नपर्दै यसरी खुल्यो तथ्य

सिन्धुली: निर्वाचनमा पराजय हुने अबस्था आएपछि नेकपाका उमेदवारले कस्तो षडयन्त्र गर्न

सुशासन र पारदर्शिता बिना लोकतन्त्रले प्रतिफल दिन्न : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन र पारदर्शिता बिना लोकतन्त्रको