२०८३, ३१ जेष्ठ सोमबार

नौ सय बोतल लागुऔषधसहित भारतीय युवक पक्राउ

नौ सय बोतल लागुऔषधसहित भारतीय युवक पक्राउ


जलेश्वर, २९ मङ्सिर :महोत्तरीको मटिहानी नगरपालिका–९ स्थित सडकमा सशस्त्र प्रहरीले आज ९०० बोतल लागुऔषधसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको विहार राज्यको मधुबनी जिल्लाको मधवापुर ग्रामपञ्चायत–१ बस्ने १९ वर्षीय राकेशकुमार महतो रहेको सशस्त्र प्रहरी बल नेपाल ९ नं गण हेडक्वार्टरका सशस्त्र प्रहरी उपरीक्षक निरकृष्ण अधिकारीले बताउनुभयो ।

भारतबाट अवैध रुपमा लागुऔषध बोकी नेपाल आएका युवक महतोलाई मटिहानी नपा–९ स्थित जलसागर नजीकै सशस्त्र प्रहरीले शङ्का लागि जाँच गर्दा उनको साथबाट लागुऔषध फेनारगन ३०० बोतल, नुफिन २९४ बोतल, डाइजेल्याब २९५ बोतल, घडी थान एक र १० किलोग्राम चामल बरामद गरेको प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो । लागुऔषधसहित पक्राउ परेका युवकलाई आवश्यक कारवाहीका लागि सशस्त्र प्रहरीले आजै जिल्ला प्रहरी कार्यालयमा बुझाएको जनाएको छ ।

प्रकाशित मिति : २०७६, २९ मंसिर आईतबार  ५ : ४५ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क