२०८२, ९ चैत्र मंगलबार

जिसस काभ्रेले दियो जिल्लाका सबै स्थानीय तहलाई दुई/दुई करोड

जिसस काभ्रेले दियो जिल्लाका सबै स्थानीय तहलाई दुई/दुई करोड


धुलिखेल २९ मंसिर जिल्ला समन्वय समिति काभ्रेले जिल्लाका सबै स्थानीय तहलाई दुई/दुई करोड रुपैयाँ रकम प्रदान गरेको छ । पालिकाको नयाँ प्रशासनिक भवन निर्माणको लागि रकम प्रदान गरेको जिल्ला समन्वय समितिका प्रमूख उद्धव केसीले जानकारी दिए ।

जिल्लाको ६ नगरपालिका मध्ये मण्डनदेउपुर नगरपालिकाको अहिलेसम्म आफ्नै प्रशासनिक भवन छैन । त्यस्तै जिल्लाको ७ वाटै गाउँपालिकाको पनि आफ्नै भवन नरहेको समन्वय प्रमूख केसीले बताए । अहिले जिल्लाको सबै गाउँपालिकाको कार्यालय अस्थायी छन् । कतिपय भाडामा बसेका छन् भने कतिपय चाँहि आफ्नै जग्गामा अस्थायी संरचना बनाएर बसेका छन् ।

जिल्ला समन्वय समितिले आफ्नै भवन निर्माणका लागि ४ करोड रकम राखेको छ । स्थानीय तहहरुको प्रशासनिक भवन निर्माणको लागि २८ करोड रुपैयाँ रकम छुट्याएको छ । तत्कालिन जिल्ला विकास समितिको आन्तरिक कोषमा रहेको ४३ करोड रकमबाट समन्वय समितिले स्थानीय तहलाई विभिन्न ६ वटा शीर्षकमा रकम बाँडफाँट गरेको हो । ‘यो तत्कालिन जिल्ला विकास समिति हुदाँको आन्तरिक स्रोत मार्फत जम्मा भएको रकम वितरण गरेका हौँ, प्रशासनिक भवन निर्माणका लागि २८ करोड छुट्याएका छौँ, सबैले दुई/दुई करोड पाउनुहुन्छ, जिसस प्रमूख केसीले भने ‘तर निकै कमजोर अवस्थामा रहेका पालिकाहरुलाई बाँकी दुई करोडबाट थप सहयोग गर्नुपर्ने हुन्छ, किन भने भवन बनेसकेका स्थानीय तह र कुनै पनि संरचना नभएका स्थानीय तहलाई एउटै नजरले हेर्नेु हुदैँन ।’

जिल्लासभाले भवनसँगै खानेपानीमा ३ करोड, शिक्षामा दुई करोड चालिस लाख, स्वास्थ्यमा दुई करोड चालिस लाख, कर्मचारी दायित्वमा दुई करोड र पुरानो योजनाको शीर्षकमा रकम बाँडफाँट गरेको समन्वय प्रमूख केसीले बताए । ‘तत्कालिन जिविसले सञ्चालन गरेर अधुरै रहेको योजनाहरुलाई पनि पुरा गर्नुपर्ने छ, उनले भने त्यसका लागि पनि रकम छुट्याएका छौँ ।’

रकम पाएका कतिपय स्थानीय तहले टेण्डर आह्वान गरेर नयाँ भवन निर्माणको काम समेत सुरु गरिसकेका छन् । भवन बाहेक अन्य शीर्षकको रकम अब बस्ने सभाले कुन पालिकाले कति पाउने भन्ने कुराको निक्र्यौल गर्नेछ । ‘धेरै स्थानीय तहहरुले टेण्डर आह्वान गरिसकेका छन्, कतिपय स्थानीय तहमा जग्गाको कुरा नमिल्दा टेण्डर खुलाउन सकिएको छैन, केसीले भने ‘प्रशासनिक भवन नै नभएको अवस्था नागरिकको काम गर्न पनि निकै मुस्किल परिरहेको छ, बाँकी शीर्षकको रकम पनि छिट्टै बस्ने सभाले कुन पालिकाले कति पाउने भनेर निक्र्यौल गछौँ ।’

प्रकाशित मिति : २०७६, २९ मंसिर आईतबार  ८ : २२ बजे

रविको मुद्दामा आज पनि सुनुवाइ हुँदै

काठमाडौं । रवि लामिछानेसँग सम्बन्धित मुद्दामा आज पनि सर्वोच्च अदालतमा

संसदको पहिलो बैठकमा हर्क साम्पाङका ४ प्रस्ताव, एमसीसी खारेज पहिलो एजेन्डा

विराटनगर । हर्क साम्पाङ ले प्रतिनिधिसभाको पहिलो बैठकमै एमसीसी खारेजी

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, दलको नेता चयन हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै हस्ताक्षर अभियान

काठमाडौँ । स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू), त्रिचन्द्र बहुमुखी क्याम्पसले जेन्जी

गगन थापाको राजीनामा अस्वीकार, कांग्रेसले देखायो ८ आधार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगन कुमार