२०८३, २९ असार मंगलबार

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश


काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग अदृश्य बनेको काठमाडौं महानगरपालिकाको नगर प्रहरी बल पुनः नियमित रूपमा फिल्डमा फर्किएको छ। महानगरले अब सहरी व्यवस्थापन, पार्किङ नियन्त्रण र विपद् तयारीलाई पुनः तीव्र बनाएको जनाएको छ।

महानगर प्रहरी बलका प्रमुख तथा वरिष्ठ उपरीक्षक (एसएसपी) विष्णुप्रसाद जोशीले नगर प्रहरीलाई नियमित रूपमा परिचालन गरिसकिएको जानकारी दिँदै कुनै पनि परिस्थितिमा जनसेवा नरोकिने स्पष्ट पारे।

उनले गणेश नेपालीको मृत्युलाई दुःखद घटना भन्दै त्यसप्रति महानगर प्रहरी संवेदनशील रहेको बताए। तर, त्यसकै कारण महानगरको सेवा प्रवाह प्रभावित हुन नहुने उल्लेख गर्दै नागरिकको सुरक्षासँग जोडिएका कामलाई निरन्तरता दिइएको बताए।

“नगरबासीको सेवा गर्नु हाम्रो पहिलो दायित्व हो। सहरी सुव्यवस्था कायम राख्ने जिम्मेवारीबाट हामी पछि हट्दैनौँ। नियमको पालना गर्दै जनताको सेवामा निरन्तर खटिनेछौँ,” जोशीले भने।

त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि मोटरसाइकलमा ह्वीललक लगाइएको विषयमा भएको विवादपछि मुगुका गणेश नेपालीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। उपचारका क्रममा उनको मृत्यु भएपछि नगर प्रहरीको भूमिकामाथि प्रश्न उठेको थियो। त्यसयता केही दिन सडकमा नगर प्रहरीको उपस्थिति न्यून हुँदा अव्यवस्थित पार्किङ, फुटपाथ अतिक्रमण र सहरी व्यवस्थापनमा असर परेको थियो।

प्रकाशित मिति : २०८३, २९ असार मंगलबार  ६ : ०६ बजे

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै

सरकारको कर्मचारी कटौती नीति विरुद्ध विद्रोह, अर्थ मन्त्रालय घेराउ

काठमाडौं । अस्थायी र करारका कर्मचारी हटाउने सरकारको तयारीविरुद्ध आन्दोलन

प्रतिनिधिसभाबाट दुई विधेयक समितिमा, दफावार छलफल अघि बढ्ने

काठमाडौ । प्रतिनिधिसभाले दुई महत्वपूर्ण विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित