२०८३, १० कार्तिक मंगलबार

प्रतिनिधिसभाबाट दुई विधेयक समितिमा, दफावार छलफल अघि बढ्ने

प्रतिनिधिसभाबाट दुई विधेयक समितिमा, दफावार छलफल अघि बढ्ने


काठमाडौ । प्रतिनिधिसभाले दुई महत्वपूर्ण विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाउने निर्णय गरेको छ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ र ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ लाई विस्तृत छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम ले दुवै विधेयकलाई समितिमा पठाउने प्रस्ताव सदनमा प्रस्तुत गरेकी थिइन्। सभामुखले निर्णयार्थ प्रस्तुत गरेपछि दुवै प्रस्ताव सर्वसम्मत रूपमा पारित भएका हुन्।

पहिलो प्रस्तावअन्तर्गत नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था पुनःस्थापना गर्ने सम्बन्धी विधेयक समितिमा पठाइएको हो। त्यसपछि प्रधानमन्त्री बालेन्द्र साह को तर्फबाट मन्त्री गौतमले प्रस्तुत गरेको ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ लाई पनि दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव सदनले अनुमोदन गरेको छ।

अब यी दुवै विधेयकमाथि सम्बन्धित संसदीय समितिमा दफावार छलफल हुने र आवश्यक संशोधन तथा सुझावसहित पुनः प्रतिनिधिसभामा पेश गरिनेछ।

प्रकाशित मिति : २०८३, २९ असार मंगलबार  ४ : ३१ बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना