२०८२, २९ चैत्र सोमबार

पनौतीमा बसेका रोहिंग्या शरणार्थीलाई हट्न एक साताको म्याद

पनौतीमा बसेका रोहिंग्या शरणार्थीलाई हट्न एक साताको म्याद


काठमाडौं, २८ मंसिर : म्यानमारबाट लखेटिएपछि नेपाल आएर काभ्रेको पनौतीस्थित कुशादेवीमा अस्थायी टहरा बनाई बसेका रोहिंग्या शरणार्थीलाई जग्गा छोड्न धनीले सात दिनको समय दिएका छन्। मंसिर १० मा कुशादेवी आइपुगेका उनीहरू सत्यराम थापाको जग्गामा छुट्टाछुट्टै टहरा बनाएर बसेका छन्।

‘उनीहरू आएको तीन दिनपछि मात्र शरणार्थी हुन् भन्ने थाहा पायौं, काम गर्न अनुमति पनि छैन रहेछ। नेपालले शरणार्थी स्वीकार नगरेको थाहा पाएपछि हट्न भनिसकेका छौं,’ सत्यरामको भनाई उद्धृत गर्दै उनका भतिजा रामेश्वरले भने। त्रिविका एक प्राध्यापकमार्फत रोहिंग्याहरू सत्यरामको सम्पर्कमा पुगेका थिए। खाली रहेको जग्गा भाडामा लागेर पैसा आउने भएपछि बस्न अनुमति दिएको सत्यरामका भतिजा रामेश्वरले बताएको समाचार कान्तिपुर दैनिकमा छ।

रोहिंग्याका टोली नेता महोम्मद युसुफले टहरा निर्माणको लागि ६ लाखभन्दा बढी खर्च भइसकेको भन्दै बस्ने अर्को विकल्प पनि नभएको बताए। ‘यतिका संरचना बनाइसक्यौं, अहिले के के कुराले अप्ठ्यारो भयो भनेर हट्न भन्न थाल्नुभएको छ।

युसुफले भने, ‘आफ्नो देश हैन, आफ्नो ठाउँ हैन, कहाँ जाने, के खाने केही टुंगो छैन।’ नेपालले शरणार्थी मान्यता नदिए पनि संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्च आयोग यूएनएचसीआरबाट शरणार्थी प्रमाणित उनीहरु काम नपाउने भएपछि अप्ठ्यारोमा परेको बताउँछन्।

प्रकाशित मिति : २०७६, २८ मंसिर शनिबार  ८ : ५६ बजे

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४