२०८३, १८ बैशाख शनिबार

रोशीमा खानीको विकल्प खोज्नुपर्छः मन्त्री बाँस्कोटा

रोशीमा खानीको विकल्प खोज्नुपर्छः मन्त्री बाँस्कोटा


धुलिखेल, २६ मंसिरः सञ्चार तथा सूचना प्रविधीमन्त्री गोकुलप्रसाद बाँस्कोटाले खानी र पानी एकै स्थानमा चलाएपछि मावन जीवन नै संकटमा परेको बताएका छन् ।

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नम्बर ९ पिन्थलीमा निर्माण भएको टासी छ्यू ग्याछोलिङ गुम्बाको बिहिबार उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले रोशीमा भइरहेको दोहान तर्फ इकिंत गर्दै भने ‘मानव बाँच्न प्रकृति बचाउनुपर्छ, खोला कोतारेर मुलकमा समृद्धि आउँदैन, अब खानीको विकल्प खोज्ने बेला भइसक्यो ।’

मन्त्री बाँस्कोटाले नमोबुद्धमा खानेपानीका लागि लाग्ने अरबौँ बजेट आउँदो बर्ष एकैसाथ छुट्याउने बताए । पाँचखालमा खानेपानीको टेण्डर सुरु भैसकेको, सुनकोशीमा ५३६ मेघावाटको विद्युतको प्रक्रिया अघि बढेको र अर्बौँको लगानीमा फिल्म सुटिङ केन्द्र पनि निर्माण गरिने उनको भनाई छ ।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले वर्तमान सरकारले कुनैपनि योजनालाई बजेट अभाव हुन नदिने पनि बताए । ‘यहाँ बजेटको समस्या होइन्, समयमै काम सम्पन्न नगर्ने ठूलो रोग बनेको छ, उनले भने त्यसैले यस्तो प्रवृत्ति तोड्नुपर्छ, विकासभित्र सुख र समृद्धि छ ।’

कार्यक्रममा प्रतिनिधिसभा सदस्य गंगाबहादुर दोङ, प्रदेशसभा सदस्य रत्न ढकाल, गाउँपालिका अध्यक्ष दलबहादुर लामाले धर्म संस्कृतिको रक्षा र सम्बद्र्धन मार्फत सबैलाई विकास निर्माणमा सहभागि गराउन सकिने बताए । करिब सात बर्षको अवधिमा ६३ लाख ७५ हजार ३४४ मा गुम्बा तथा १८ लाखमा बुद्ध पार्क निर्माण गरिएको गुम्बा निर्माण समिति सचिव ज्ञानबहादुर लामाले जानकारी दिए ।

प्रकाशित मिति : २०७६, २६ मंसिर बिहीबार  ८ : ३९ बजे

लुम्बिनीमा प्रधानमन्त्री गायब ! परम्परा तोडिँदा चर्कियो आलोचना

लुम्बिनी । बुद्धजयन्तीको अवसरमा हरेक वर्ष जस्तै यसपटक पनि विशेष

घरटहरा हटाउँदा आफ्नै सरकारविरुद्ध सांसद ! ‘जनतालाई बिर्सन मिल्दैन’

काठमाडौँ । देशका विभिन्न स्थानमा सञ्चालन भइरहेको घरटहरा हटाउने अभियानप्रति

देशमा सुरक्षित र समावेशी डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकता : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले देशमा

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा