२०८३, २१ आश्विन बिहीबार

काभ्रेमा खानेपानीको ८५ वटा नयाँ योजना थप, पुरानो योजना कतै अलपत्र, कतै जीर्ण

काभ्रेमा खानेपानीको ८५ वटा नयाँ योजना थप, पुरानो योजना कतै अलपत्र, कतै जीर्ण


धुलिखेल, २६ मंसिर: काभ्रे जिल्लाभर यो वर्ष पनि ८५ वटा खानेपानीका नयाँ आयोजना सञ्चालनमा आएका छन । खानेपानी तथा सरसफाई डिभिजन मार्फत चालृु आर्थिक वर्ष २०७६÷७७ मा ८५ वटा नयाँ योजना थपिएको हो ।

प्रदेश सरकार, ससर्त अनुदान र खानेपानी गुणस्तर तर्फका योजना थपिएका हुन् । ५० लाख देखि २१ करोडसम्मको योजना थपिएको धुलिखेलस्थित खानेपानी तथा सरसफाई डिभिजन अन्तर्गतको स्टोर तथा सम्पर्क कार्यालयका इन्चार्ज ओमहरि ताम्राकारले जानकारी दिए ।

५० लाख लागतको खानेपानी आयोजना कुशादेवीमा सञ्चालन भइरहेको छ । यो योजना अन्तिम चरणमा पुगेको छ । त्यस्तै २१ करोडको ४ वटा खानेपानी आयोजना नमोबुद्ध नगरपालिकामा सञ्चालन भइरहेको छ । हरेक योजना तीन वर्षभित्र सकाउनुपर्ने हुन्छ ।

तर समयमै पैसा निकास नहुने, ठेक्कदारले राम्रो काम नगर्ने जस्ता समस्याका कारण जिल्लाका धेरै आयोजना लम्बिदै जाने गरेका छन् । त्यस्तै यसअघिका धेरै योजनाहरु मर्मत हुन सकेका छैनन् । कतिपय योजनाहरु अलपत्र छन् ।

अहिले खानेपानीका अधिकांश आयोजनाहरु स्थानीय तहले नै सञ्चालन गर्ने भएकाले कुन योजना अलपत्र छन् भन्ने कुराको यकिन तथ्याङक नरहेको स्टोर तथा सम्पर्क कार्यालय इन्चार्ज ताम्राकारले बताए ।

प्रकाशित मिति : २०७६, २६ मंसिर बिहीबार  ८ : १६ बजे

कांग्रेस नेतृत्व छान्ने मतदान फेरि अनिश्चित, शुक्रबार बिहान ७ बजेबाट हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि

‘पीडितलाई सुरक्षित पुनःस्थापना गरौँ’ : मुख्यमन्त्री थापाको निर्देशन, पुनर्निर्माण तीव्र पारिँदै

हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बाढीपहिरोबाट विस्थापित नागरिकलाई

नोबेल शान्ति पुरस्कार मैले पाउनुपर्छ : डोनाल्ड ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल

उपेन्द्रको आत्मसमीक्षा : ‘सत्ता ताक्दा जनतासँगको दूरी बढ्यो’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले