२०८३, २१ आश्विन बिहीबार

तेमालको ३ र ४ नम्बर वडामा ३२ वटा योजना सम्झौता

तेमालको ३ र ४ नम्बर वडामा ३२ वटा योजना सम्झौता


तेमाल २२ मंसिर  : वडास्तरमै पुगेर योजना सम्झौता थालेको काभ्रेको तेमाल गाउँपालिकाले आइतबार दुई वटा वडामा सम्झौता सम्पन्न गरेको छ ।

वडा ३ मा १६ वटा योजना सम्झौता भएको छ । त्यस्तै वडा नम्बर ४ मा पनि १६ वटा नै योजना सम्झौता भएको छ । वडा नम्बर ३ मा ६५ लाख र वडा नम्बर ४ मा ८३ लाख रुपैयाँको योजना सम्झौता भएको पालिकाको योजना शाखा प्रमूख राज कुमार तामाङले बताउनुभयो ।

योजना सम्झौताका लागि उपाध्यक्ष दुर्गामाया तामाङ, प्रमूख प्रशासकिय अधिकृत लक्ष्मण कुइकेल दुबै वडामा पुगेका थिए । ‘वडास्तरमै पुगेर योजना सम्झौता गर्दा उभोक्ता समितिका पदाधिकारीले निकै सजिलो महशुस गर्नुभएको छ,उपप्रमूख तामाङले भनिन, ‘यो एउटा सुरुवात हो, जनताको घरदैलो मै पुगेर सेवा दिन हामी तयार छौँ, अब आउने नयाँ कार्यक्रम पनि जनतालाई सजिलो र छिटो हुने  हुने छन् ।’

पालिकाले वडा नम्बर ६ बाट यो योजना सम्झौता सुरु गरेको थियो । यसअघि वडा नम्बर १ र २ मा पनि योजना सम्झौता भइसकेको छ । तेमाल गाउँपालिकामा ९ वटा वडा रहेका छन ।

प्रकाशित मिति : २०७६, २२ मंसिर आईतबार  ९ : २० बजे

कांग्रेस नेतृत्व छान्ने मतदान फेरि अनिश्चित, शुक्रबार बिहान ७ बजेबाट हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि

‘पीडितलाई सुरक्षित पुनःस्थापना गरौँ’ : मुख्यमन्त्री थापाको निर्देशन, पुनर्निर्माण तीव्र पारिँदै

हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बाढीपहिरोबाट विस्थापित नागरिकलाई

नोबेल शान्ति पुरस्कार मैले पाउनुपर्छ : डोनाल्ड ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल

उपेन्द्रको आत्मसमीक्षा : ‘सत्ता ताक्दा जनतासँगको दूरी बढ्यो’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले