२०८३, ३१ जेष्ठ सोमबार

काभ्रेको तेमाल र महाभारत गाउँपालिकाका वडा कार्यालय महिनौ देखि सचिव विहिन

काभ्रेको तेमाल र महाभारत गाउँपालिकाका वडा कार्यालय महिनौ देखि सचिव विहिन


धुलिखेल, २२ मंसिर काभ्रेको तेमाल र महाभारत गाउँपालिकाका वडा कार्यालयमा वडा सचिव विहिन भएको लामो समय भइसकेको छ ।

कर्मचारी संयोजनसँगै साविकका वडा सचिवहरु बढुवा सहित अन्यत्रै गएपछि पालिकाको सबै वडा कार्यालय सचिव विहिन भएका हुन ।
नेपाल सरकारले तोकेको दरबन्दी अनुसार वडामा सचिव नहुदाँ जन्म, विवाह, मृत्यु, बसाईसराई दर्ता, नागरिकताको सिफारिस, सामाजिक सुरक्षा भत्ता वितरणको काम गर्न निकै समस्या भइरहेको तेमाल गाउँपालिकाका प्रवक्ता समेत रहनुभएका वडा नम्बर ७ का वडाध्यक्ष ज्ञान बहादुर तामाङले बताउनुभयो ।

तेमाल गाउँपालिकाले वडा सचिवको पदपूर्तीका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई गएको कात्तिक महिनामै पत्र पठाएपनि अहिलेसम्म कुनै सुनुवाई नभएको प्रमूख प्रशासकीय अधिकृत लक्ष्मण कुईकेले बताउनुभयो । तेमालमा ९ वटा वडा कार्यालय छन । महाभार गाउँपालिकामा ८ वटा वडा छन् । ती मध्ये कुनै पनि वडामा सचिव नरहेको गाउँपालिकाका प्रमूख कान्छालाल जिम्बाले बताउनुभयो । ‘कुनै पनि वडा कार्यालयमा सचिव छैनन्, काम गर्न निकै गाह्रो भइरहेको छ, उनले भने ‘सरकारी सुविधा गाउँघरमा पुगेको भएपनि काम गरिदिने मान्छे नभएपछि जनताले कसरी महशुस गर्नु ?’

त्यस्तै १२ वटा वडा कार्यालय रहेको रोशी गाउँपालिकामा ४ जना मात्रै वडा सचिव रहेको पालिका प्रमूख डिबि लामाले बताउनुभयो । बेथानचोक गाउँपालिकाको ६ मध्ये ३ वटा वडा कार्यालय सचिव विहिन छन् ।

कोशीपारी क्षेत्रको भुम्लु गाउँपालिकाको १० वटा वडा कार्यालय मध्ये ४ वटा कार्यालयमा मात्रै सचिव रहेको पालिका प्रमूख गुमानध्वज कुवँरले जानकारी दिनुभयो । त्यसैगरी चौरीदेउराली गाउँपालिकाको ९ वटा वडामध्ये २ वटा वडा कार्यालयमा मात्रै सचिव रहेका छन् । बाँकी वडा सचिव विहीन छन् ।

डाँडापारी क्षेत्रको खानीखोला गाउँपालिकाको ७ वटा वडामध्ये एउटा मात्रै वडामा सचिव छैनन् । खानीखोलामा सचिवको दरबन्दी भएपनि वडामा भने कुनै पनि सचिव नियमित बस्ने गरेका छैनन । ‘हाम्रो पालिकाको एउटा मात्रै वडा कार्यालयमा सचिव छैनन्, पालिकाका प्रवक्ता मान बहादुर गोलेले भने ‘तर भएका वडा सचिव पनि वडा कार्यालय बस्दैन्, जनताको काम कसरी गर्ने ? काम कर्मचारी नभएपछि अपजस जति सबै जनप्रतिनिधिले खेप्नु परिहेको छ ।’

काभ्रे जिल्लाको ७ वटा गाउँपालिका अन्तर्गत ६१ वटा वडा कार्यालय रहेका छन ।

प्रकाशित मिति : २०७६, २२ मंसिर आईतबार  ७ : १४ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क