२०८३, ३१ जेष्ठ सोमबार

पाँचखालमा निर्माधिन सेजको अर्थमन्त्रीद्धारा निरीक्षण, काममा ढिलासुस्ती नगर्न निर्देशन

पाँचखालमा निर्माधिन सेजको अर्थमन्त्रीद्धारा निरीक्षण, काममा ढिलासुस्ती नगर्न निर्देशन


धुलिखेल २१ मंसिर: अर्थमन्त्री डाक्टर युवाराज खतिवडाले काभ्रेको पाँचखालमा निर्माण भइरहेको विशेष आर्थिक क्षेत्र (सेज) को स्थलगत निरीक्षण गरेका छन् ।

शनिबार निर्माणस्थल पाँचखालको होक्सेमा पुगेर अर्थमन्त्री खतिवडाले सेज निर्माणका लागि बजेट अभाव हुन नदिने बताएको खतिवडासँगै पुगेका नेकपा काभ्रेका नेता कञ्चन अधिकारीले जानकारी दिए । मन्त्री खतिवडाले निर्माणमा कुनै ढिला सुस्ती नगर्न पनि निर्माण ब्यवसायीलाई निर्देशन दिएका छन् । ‘काममा कुनै ढिला सुस्ती सह्य हुने छैन्, मन्त्री खतिवडाले भने ‘आवश्यक बजेटको ब्यवस्था हुन्छ, ढुक्क भएर काम गर्नोस् ।’

सेज निर्माणका लागि सरकारले पाँचखाल नगरपालिकाको वडा नं ७ र ८ होक्सेमा पर्ने सामुदायिक वनको एक हजार रोपनी क्षेत्रफल जमिन २०६८ सालमै अतिग्रहण गरेको थियो । तर पनि काम भने निकै सुस्त छ । सेज निर्माणका लागि तत्कालिन होक्सेबजार गाविस ३ को शिखपुर सामुदायिक वन उपभोक्ता समितिको ४ सय ६० रोपनी १५ दाम र देवीस्थान पाडुल्ला स्वर्णस्वरी सामुदायिक वन उपभोक्ता समितिको ५ सय ३९ रोपनी १ दाम क्षेत्रफल जमिन सरकारले अतिग्रहण गरेको हो ।

अहिले सेज निर्माणस्थलमा मूख्य प्रशासनिक भवन निर्माण भइरहेको छ । त्यस्तै पर्खालको काम पनि अघि बढेको छ । उद्योग सञ्चालनका लागि चाहिने आवश्यक ठाउँमा रुख कटानको काम अघि बढ्न सकेको छैन । मन्त्री खतिवडाले तोकिएकै समयमा काम सम्पन्न गरी सेज सञ्चालनमा ल्याउन ठेक्केदारलाई निर्देशन दिएका छन । मन्त्री खतिवडाले काममा सहयोग गर्न स्थानीयहरुलाई पनि आग्रह गरे ।

उद्योग मन्त्रालयले चीन तर्फ निर्यात बढाउने उद्देश्यले पाँचखालमा सेज स्थापना गर्न लागेको भएपनि भूकम्प र बाढीका कारण चीनसँग नेपालको प्रमूख ब्यापारिक तातोपानी नाका बन्द भएपछि सेज निर्माणले गति लिन सकेको थिएन । मन्त्रालयको मास्टर प्लान अनुसार एक हजार रोपनी क्षेत्रफलमा फैलिएको जमिनमा ५७ वटा उद्योगका भवन रहने छ । माटो परीक्षण, जग्गाको सर्भे, भवन डिजाइन, सडक सर्भे लगायतको काम सकिएको छ ।

अर्थमन्त्री खतिवडाले पाँचखालमा बन्ने भनिएको मदनभण्डारी विश्वविद्यालयको निर्माण स्थलको पनि अवलोकन गरेका छन् । पाँचखाल नगरपालिकाको ७, १० र १२ नम्बर वडाको १० हजार रोपनी क्षेत्रफल जमिनमा विश्व विद्यालय बन्ने छ । अर्थमन्त्री खतिवडाले पाँचखालसम्म सुरुङ मार्गको अध्ययन पनि गरिने बताए ।

प्रकाशित मिति : २०७६, २१ मंसिर शनिबार  १ : ५७ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क