२०८३, ३१ जेष्ठ सोमबार

सामुदायिक विद्यालयको सुधारमा लाग्न मन्त्री बास्कोटाको आग्रह

सामुदायिक विद्यालयको सुधारमा लाग्न मन्त्री बास्कोटाको आग्रह


धुलिखेल, २० मंसिर: सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बास्कोटाले सामुदायिक विद्यालयको सुधार भएमात्रै निजी विद्यालयमा अभिभावकको रुचि कम हुदैँ जाने बताएका छन् ।

भुम्लु गाउँपालिकामा शुत्र्रmबार विद्यालय भवन उद्घाटन गर्दै मन्त्री बास्कोटाले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न तर्फ लाग्न सबैलाई आग्रह गरे ।एकपक्ष लागेर मात्रै सामुदायिक विद्यालयको सुधार नहुने भन्दै मन्त्री बास्कोटाले चौतर्फी सुधारको खाचोँ रहेको औल्याए । ‘एउटा मात्रै पक्षले सुधार गर्न खोजेर सुध्र्रन समय लाग्छ, मन्त्री बास्कोटाले भने ‘सामुदायिक विद्यालयलाई सुधार्न सबैपक्षको ध्यान जान जरुरी छ ।’

मन्त्री बास्कोटाले भुम्लु गाउँपालिकाको वडा नम्बर २ सिम्थलीमा रहेको अरुणोदय मावि र वडा नम्बर ४ को सेतीदेवी माविमा बनेको नयाँ भवन उद्घाटन गरे । अरुणोदय माविको भवन निर्माणमा ६ करोड ५० लाख रुपैया खर्च भएको छ । यो विद्यालयमा १० कोठे दुईवटा भवन निर्माण सम्पन्न भएको हो । त्यस्तै सेतीदेवी मावि ४ करोड रुपैँयामा ८÷८ कोठाको दुई वटा भवन निर्माण भएको गाउँपालिका प्रमूख गुमानध्वज कुवँरले जानकारी दिए ।

यसैगरी कार्यक्रममा प्रदेश नम्बर ३ का सांसद लक्ष्मण लम्सालले चुनावी घोषणापत्रका आधारमा कोशीपारी क्षेत्रको विकास गर्ने बताउनुभयो । विद्यालय उद्घाटन गर्न जिल्ला समन्वय समितिका प्रमूख उद्धव केसी, गाउँपालिका प्रमूख गुमानध्वज कुवँर, उपप्रमूख कल्पना श्रेष्ठ लगायत पुग्नु भएको थियो ।

प्रकाशित मिति : २०७६, २० मंसिर शुक्रबार  ६ : ३९ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क