२०८२, १६ चैत्र मंगलबार

पनौतीका महिला स्वास्थ्य स्वयमसेविका सम्मानित

पनौतीका महिला स्वास्थ्य स्वयमसेविका सम्मानित


धुलिखेल १९ मंसिर पनौती नगरपालिकाले महिला स्वास्थ्य स्वंयमसेवीकाहरुलाई सम्मान गरेको छ ।

बिहीबार अन्र्तराष्ट्रिय स्वंयम सेवक दिवसको अवसरमा नगरपालिकाले १० जना स्वंयमसेवीकालाई नगद एक हजार र प्रमाण पत्र सहित सम्मान गरेको हो । ‘नगरपालिकाले महिला स्वास्थ्य स्वयम सेविकाहरुको योगदानको कदर गर्दै सम्मान गरेको हो, नगरप्रमूख भिमप्रसाद न्यौपानेले भने ‘उहाँहरुको योगदानले आज समाजमा मातृशिशु मृत्युदर त निकै कम भएको छ नै, घर टोल छरछिमेकको सरसफाई देखि ब्यक्तिगत सरसफाईमा समेत आमुल परिवर्तन आएको छ ।’

नगरपालिकाले नगरभित्रका १२० जना स्वंयमसेवीकाहरु बीच हाजिर जवाफ प्रतियोगिता पनि गरेको छ । १२ वटै वडाको एक एक समुह बनाएर हाजिर जवाफ प्रतियोगीता गरिएको हो । प्रतियोगितामा पहिलो, दास्रो, तेस्रो र चौथो हुने समुहलाई नगद र प्रमाणपत्र पुरस्कार प्रदान गरिएको उपप्रमूख गीता बञ्जाराले बताइन । ‘महिला स्वास्थ्य स्वयमसेविकाहरुको क्षमता विकास गर्ने उद्देश्यले हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको हो, उपप्रमूख बञ्जराले भनिन ‘उहाँहरु समाजको एक अभिन्न अंग बनिसक्नु भएको छ ।’

प्रकाशित मिति : २०७६, १९ मंसिर बिहीबार  ७ : ३४ बजे

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा