२०८३, ३१ जेष्ठ सोमबार

पात्लेखेतको हनुमान माविको निर्देशन ब्यापारीले मानेन्न, विद्यालय हाताभित्रै मदिरा बचेविखन (विज्ञप्ति सहित)

पात्लेखेतको हनुमान माविको निर्देशन ब्यापारीले मानेन्न, विद्यालय हाताभित्रै मदिरा बचेविखन (विज्ञप्ति सहित)


काठमाण्डौ, १८ मंसिर काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर ११ पात्लेखेतमा रहेको हनुमान मावि परिसरभित्र अझै पनि मदिरा जन्य पदार्थ खुल्लाम खुल्ला बेचविखन भइरहेको छ । विद्यालय प्रशासनले गएको असोज ९ गते एक सुचना जारी गर्दै तीन दिनभित्र मदिरा र धुम्रपान बेचविखन नगर्न आग्रह गरेपनि अहिलेसम्म कुनै पनि पसलले कार्यान्वयन नगरेको पाइएको हो ।

विद्यालयले दुईसय मिटर आसपास रक्सी, वियर लगायतका मदिरा र चुरोट, खैनी जस्ता सुर्तीजन्य सामग्री नबेच्न भनेको थियो । तर विद्यालयकै सटर भाडामा लिएर पसल ब्यवसाय चलाई रहेका ब्यापारीहरुले समेत सुचनाको अटेर गर्दै मदिरा र धुम्रपान बेचविखन गरिरहेका हुन् ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बाबुराम धितालले भने विद्यालय हाताभित्र बेचविखन नभएको दाबी गर्नुभयो । बाहिरबाट ल्याएर केहि मान्छेले चुरोट खाएपनि पसलबाट बेचविखन नभएको उहाँको तर्क छ । सुचना जारी गरेपछि पसलको अनुगमन भने नगरिएको उहाँले स्वीकार गर्नुभयो । तर विद्यालयका प्रधानाध्यपक देवीप्रसाद ढुंगानाले विद्यालय परिसरभित्रका पसलहरुबाट मदिरा र सुर्तीजन्य सामग्रीको बेचविखन नहटेको बताउनुभयो । विद्यालयको सातवटा सटरमा होटलदेखि किराना पसल खुलेका छन् ।

सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्न २०६८ सालमा बनेको ऐन अनुसार विद्यालयको दुईसय मिटर वरपरको क्षेत्रमा मदिरा र सुर्तिजन्य सामग्री बेचविखन गरे कारबाही हुने ब्यवस्था छ ।

विज्ञप्ति

प्रकाशित मिति : २०७६, १८ मंसिर बुधबार  ६ : ४३ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क