२०८३, ११ असार शुक्रबार

रोशी गाउँपालिकामा अर्को पनि स्वास्थ्य इकाई थपिने

रोशी गाउँपालिकामा अर्को पनि स्वास्थ्य इकाई थपिने


धुलिखेल, १६ मंसिर : काभ्रेको रोशी गाउँपालिकाले वडा नम्बर ३ मा सामुदायिक स्वास्थ्य इकाई थप्ने भएको छ । वडा नम्बर ३ मा सरकारको कुनै पनि स्वास्थ्य संस्था नभएको भन्दै कार्यपालिका बैठकले स्वास्थ्य इकाई स्थापना गर्ने निर्णय गरेको हो ।

१२ वटा स्वास्थ्य संस्था रहेको पालिकाको वडा नम्बर १२ र ९ मा पनि स्वास्थ्य इकाई मार्फत सेवा प्रदान हुदैँ स्वास्थ्य शाखा संयोजक गंगा बहादुर श्रेष्ठले जानकारी दिए । पालिकाको वडा नम्बर १० को उपस्वास्थ्य चौकी स्तरउन्नती हुन सकेको छैन भने बाँकी वडामा भने स्वास्थ्य चौकी मार्फत स्थानीय स्वास्थ्य सेवा पाइरहेका छन् ।

मंगलटार र खार्पाचोक बाहेक अन्य स्वास्थ्य चौकी कच्ची भवनबाटै सञ्चालन भइरहेको छ । खार्पाचोकको स्वास्थ्य चौकी निर्माणको अन्तिम चरणमा पुगेको छ । खार्पाचोक स्वास्थ्य चौकीले पनि बर्थिङ सेन्टर र एम्बुलेन्स सेवा सञ्चालन गर्ने बनाइरहेको स्वास्थ्य चौकी निर्माण उपभोक्ता समितिकी कोषाध्यक्ष कल्पना तामाङ बताइन् ।

यसैबीच निर्माणधिन स्वास्थ्य चौकीको आज ट्रान्सफरेन्सी इन्टरनेश्नल नेपालको टोलीले अवलोकन गरेको छ । ट्रान्सफरेन्सीको काभ्रे जिल्ला अधिकृत गंगा लामाको टोलीले स्वास्थ्य चौकीको अवलोकन गरेको हो । अवलोकन टोलीलाई खार्पाचोक स्वास्थ्य चौकीका प्रमूख मदन पौडेलले स्वास्थ्य चौकी निर्धारित समयमै सकिने र गुणस्तरीय सामानको प्रयोगले बालियो पनि रहेको बताए । ‘स्वास्थ्य चौकीलाई निर्धारित समयमा सम्पन्न गराउन यहाँका उपभोक्ता, निर्माण ब्यवसायी कम्पनी निकै खटिरहेका छन्, प्रमूख पौडेलले भने ‘भवन निर्माण पूरा भएपछि २४ सै घण्टा सेवादिन सजिलो हुन्छ ।’

२ करोड, ३७ लाख, ६४ हजार ५४९ रुपैयाँ लागतमा निर्माण भइरहेको भवन क्वाटर सहितको हो ।

प्रकाशित मिति : २०७६, १६ मंसिर सोमबार  ७ : ३७ बजे

फिफाबाट एन्फा निलम्बित, राष्ट्रिय टिमदेखि क्लबसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा रोक

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा (FIFA) ले अखिल नेपाल

रास्वपा महाधिवेशनः बिहान ७ बजेसम्म १८ सय प्रतिनिधिले गरे मतदान

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत राति १२ बजेदेखि

सिन्धुलीगढी युद्ध पर्यटनः आर्थिक उपार्जनको आधार

सिन्धुली जिल्लाको सदरमुकाम रहेको कमलामाई नगरपालिका प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को सभापतिमा

रास्वपा महाधिवेशनमा ८० विद्युतीय मेसिनबाट मतदान, केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढ्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को महाधिवेशनमा