२०८३, २५ जेष्ठ मंगलबार

भकुण्डेका इँट्टा उद्योगीद्धारा अदालतको आदेश अवज्ञा, नयाँ इटा उत्पादन र विक्री वितारण

भकुण्डेका इँट्टा उद्योगीद्धारा अदालतको आदेश अवज्ञा, नयाँ इटा उत्पादन र विक्री वितारण


धुलिखेल ११ मंसीर : काभ्रेको भकुण्डेमा रहेको इाटा उद्योगहरुले नयाँ इँटा उत्पादन र विक्रिवितरण नगर्न अदालतले दिएको आदेश अवज्ञा गरेका छन् ।

अदालतले इँटा उद्योगीहरुलाई नयाँ इँटा उत्पादन र विक्रिवितरण नगर्न आदेश दिए पनि इँटा उत्पादन र विक्रिवितरण भैरहेको नमोबुद्ध नगरपालिकाका प्रबक्ता संजीव ढकालले बताएका छन् ।

जिल्ला अदालत काभ्रेको फैसलाविरुद्ध उच्च अदालत पाटन, ललिपतपुर पुगेका व्यवसायीबारे उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरी इँटा उद्योगको नवीकरण नगर्न, कर लगाउने तथा उद्योग सञ्चालन गर्ने लगायतका कुनै पनि कार्य नगर्न आदेश दिएको थियो ।

यसअघि गत महिना जिल्ला अदालत काभ्रेपलाञ्चोकले नगरभित्र रहेका इँटा उद्योगलाई नयाँ इँटा नपार्न र उद्योगमा रहेका मौज्दात इँटासमेत बिक्रीवितरण नगर्न दिएको आदेश नमोबुद्ध नगरपालिका वडा नं २ मा रहेको सत्यनारायण बृक इन्डष्ट्रीज प्रालाीले नयाँ इटा पारेर अवज्ञ गरेका छन् ।

गत पुस २७ गते जिल्ला समन्वय समितिका पदाधिकारी, नगरपापालिकाका पदाधिकारी र इँटा उद्योगीहरुबीच २०७६ असार मसान्त भित्र भकुण्डे क्षेत्रमा सञ्चालित आठ इँटा उद्योग हटाउन गरिएको ८ बुँदे सहमति अनुसार पत्राचार गरी हटाउन निर्देशन दिएपनि नहटाएका कारण नगर कार्यालयले गत भदौ ८ गते वडा न– २ र ३ मा सञ्चालन हुँदै आएका ८ वटा इँट्टा उद्योगको भट्टाचिम्नी मेसिन (क्रेन)को प्रयोग गरी भत्काएको थियो ।

नगरका स्थानीय ४५ वटा समाजिक संघ संस्था तथा स्थानीयवासीले इँट्टा उद्योग हटाउन आन्दोलन गदै आएका थिए । नमोबुद्ध नगरपालिका बाताबरण शाखाका प्रमुख सन्तोष काफ्लेका अनुसार इँट्टा उद्योगबाट निस्केको धुँवा धुलोबाट मानव जीवन, वनबाताबरण र खानेपानीमा गम्भीर असर पुग्ने भएकाले सबै इँट्टा उद्योग हटाउने अभियानमा नगरपालिकाका सबै नागरिकले सहयोग गर्नुपर्ने बताएका छन् ।

प्रकाशित मिति : २०७६, ११ मंसिर बुधबार  ६ : ३१ बजे

सम्पत्ति शुद्धीकरण मुद्दाः दीपक भट्ट र शुलभ अग्रवालमाथि थप तीन दिन हिरासत

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका दीपक भट्ट र

विश्व वातावरण दिवस : नाराभन्दा बढी कार्यान्वयनको आवश्यकता

काठमाडौं । आज विश्व वातावरण दिवस देशभर विभिन्न कार्यक्रमका साथ