२०८२, २६ भाद्र बिहीबार

तेमाल गाउँपालिकामा योजना सम्झौता शुरु, योजना कार्यान्वयनमा वडा नं ६ पहिलो

तेमाल गाउँपालिकामा योजना सम्झौता शुरु, योजना कार्यान्वयनमा वडा नं ६ पहिलो


तेमाल १० मंसीर : काभ्रेको तेमाल गाउँपालिकाका वडा नं ६ पालिकाको योजना कार्यान्वयन गराउन पहिलो भएको छ ।

वडामा अहिलेसम्म चालू आर्थिक वर्षका योजनाहरु २ लाख ५३ हजारको वडा कार्यालय निर्माणका लागि ढुंगा व्यवास्था, ५ लाख बजेट रहेको वडा कार्यालय ग्याविङ निर्माण, २ लाखको कुवाल जर्गाटोल ठाडोबाटो सडक भुमेस्थान जगरबेशीं सडक ५ लाखको योजनाहरु कार्यान्वय भएकोछ ।
छनौट भएका योजनाहरुलाई दु्रत गतिमा अगाडि बढाउन वडाअध्यक्षले उपभोक्ता समितिसँग सम्झौता प्रकृया कार्य अगाडि बढाएका छन् । वडाअध्यक्ष विकुलाल मुक्तानका अनुसार वडा नं। ६ मा आर्थिक वर्ष २०७६/०७७ का लागि वडाबाट २९ र गाउँपालिकाबाट ४ गरी जम्मा ३३ वटा योजनाहरु रहेका छन् । यी योजनाहरुमध्ये हिजो मंगलबार भएको वडा भेलामा ७ वटा योजनाको सझौता गरिएको छ । उपभोक्ता समितिबाट सम्पन्न गरिने अन्य ५ वटा योजनाहरु बाँकी रहेका छन् भने वडामा अन्य प्रवद्र्धनात्मक कार्यक्रमहरु चालू आर्थिक वर्षमा सम्पन्न गरिनेछन् ।

जसमा शिक्षा, स्वास्थ्य, दलित जनजाति, महिला, बालबालिकाका लागि अभिमुखीकरण र क्षमता अभिवृद्धिका कार्यक्रमहरु छन् । भेलामा सहभागी गाउँपालिकाकी उपाध्यक्ष दुर्गामाया तामाङले उपभोक्ता समितिहरुलाई अभिमुखीकरणमार्फत योजना निर्माण, कार्यान्वयन र फछ्र्यौट छिटो÷छरितोसँग गर्न सुझाएकी थिइन् । त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण लुईटेलले वडामा गठन भएका उपभोक्ता समितिले पारदर्शी ढंगले योजना कार्यान्वयन गर्न यस्ता सहजीकरण कार्यक्रम अन्य वडाले पनि गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : २०७६, १० मंसिर मंगलबार  १० : ०७ बजे

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका

अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी

काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्ध र व्यापक बेथितीको विरोधमा उत्रिएका

प्रधानमन्त्रीको राजीनापछि सुरक्षा निकायको संयम अपिल

काठमाडौं । प्रधानमन्त्रीको राजीनामा स्वीकृत भएपछि देशभर चर्किएको आन्दोलन नियन्त्रणमा

विशेष अदालतमा आगजनी, प्रदर्शन चर्किंदै

काठमाडौं । राजधानीको विशेष अदालत परिसरमा आज बिहान अज्ञात समूहद्वारा

आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं । मुलुकभर चर्किएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा