२०८३, २१ आश्विन बिहीबार

तेमाल गाउँपालिकामा योजना सम्झौता शुरु, योजना कार्यान्वयनमा वडा नं ६ पहिलो

तेमाल गाउँपालिकामा योजना सम्झौता शुरु, योजना कार्यान्वयनमा वडा नं ६ पहिलो


तेमाल १० मंसीर : काभ्रेको तेमाल गाउँपालिकाका वडा नं ६ पालिकाको योजना कार्यान्वयन गराउन पहिलो भएको छ ।

वडामा अहिलेसम्म चालू आर्थिक वर्षका योजनाहरु २ लाख ५३ हजारको वडा कार्यालय निर्माणका लागि ढुंगा व्यवास्था, ५ लाख बजेट रहेको वडा कार्यालय ग्याविङ निर्माण, २ लाखको कुवाल जर्गाटोल ठाडोबाटो सडक भुमेस्थान जगरबेशीं सडक ५ लाखको योजनाहरु कार्यान्वय भएकोछ ।
छनौट भएका योजनाहरुलाई दु्रत गतिमा अगाडि बढाउन वडाअध्यक्षले उपभोक्ता समितिसँग सम्झौता प्रकृया कार्य अगाडि बढाएका छन् । वडाअध्यक्ष विकुलाल मुक्तानका अनुसार वडा नं। ६ मा आर्थिक वर्ष २०७६/०७७ का लागि वडाबाट २९ र गाउँपालिकाबाट ४ गरी जम्मा ३३ वटा योजनाहरु रहेका छन् । यी योजनाहरुमध्ये हिजो मंगलबार भएको वडा भेलामा ७ वटा योजनाको सझौता गरिएको छ । उपभोक्ता समितिबाट सम्पन्न गरिने अन्य ५ वटा योजनाहरु बाँकी रहेका छन् भने वडामा अन्य प्रवद्र्धनात्मक कार्यक्रमहरु चालू आर्थिक वर्षमा सम्पन्न गरिनेछन् ।

जसमा शिक्षा, स्वास्थ्य, दलित जनजाति, महिला, बालबालिकाका लागि अभिमुखीकरण र क्षमता अभिवृद्धिका कार्यक्रमहरु छन् । भेलामा सहभागी गाउँपालिकाकी उपाध्यक्ष दुर्गामाया तामाङले उपभोक्ता समितिहरुलाई अभिमुखीकरणमार्फत योजना निर्माण, कार्यान्वयन र फछ्र्यौट छिटो÷छरितोसँग गर्न सुझाएकी थिइन् । त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण लुईटेलले वडामा गठन भएका उपभोक्ता समितिले पारदर्शी ढंगले योजना कार्यान्वयन गर्न यस्ता सहजीकरण कार्यक्रम अन्य वडाले पनि गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : २०७६, १० मंसिर मंगलबार  १० : ०७ बजे

कांग्रेस नेतृत्व छान्ने मतदान फेरि अनिश्चित, शुक्रबार बिहान ७ बजेबाट हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि

‘पीडितलाई सुरक्षित पुनःस्थापना गरौँ’ : मुख्यमन्त्री थापाको निर्देशन, पुनर्निर्माण तीव्र पारिँदै

हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बाढीपहिरोबाट विस्थापित नागरिकलाई

नोबेल शान्ति पुरस्कार मैले पाउनुपर्छ : डोनाल्ड ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल

उपेन्द्रको आत्मसमीक्षा : ‘सत्ता ताक्दा जनतासँगको दूरी बढ्यो’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले