२०८३, ३० भाद्र बुधबार

पनौती नगरवासीलाई खुशीको खबर, ‘पनौती’ विश्व सम्पदा सूचीमा सूचिकृत हुने

पनौती नगरवासीलाई खुशीको खबर, ‘पनौती’ विश्व सम्पदा सूचीमा सूचिकृत हुने


पनौती १० मंसीर :  काभ्रेको धार्मिक तथा पुरातात्विक नगरपालिका पनौती नगरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने कार्य अन्तीम चरणमा पुगेको छ । नगरपालिकाका नगर प्रमुख भिम न्यौपानेको अगुवाई पनौतीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन लागिएको हो ।

पनौती नगर लगायत आसपासका वडाहरुमा रहेका पौराणिक महत्व बोकेका मठ–मन्दिरलगायत पुराना नेपाली मौलिक घरहरुलाई समेत विश्व सम्पदा सूचीमा सूचीकृत गर्न हिजो मंगलबार युनेस्कोका नेपाल प्रमुख क्रिष्टीयन मनहर्टले पनौती नगरपालिकाको अवलोकन भ्रमण गरेका छन् ।

उक्त अवसरमा युनेस्को प्रमुख क्रिष्टीयन मनहर्टले छिटै पनौती नगरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने बताए । पनौती नगरभित्र रहेका ७२ वटा पुराना शैलीका मौलिक परम्परा बोकेका घरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन आर्पी फाउण्डेशनले नगरपालिकाको सहयोगमा डिपिआर सम्पन्न गरेको छ ।

आर्पी फाउण्डेशनका अध्यक्ष रविन्द्र पुरीले पनौती नगरपालिकाका प्रमुख भीम न्यौपानेलाई मंगलबार ७२ वटा घर पुननिर्माण गर्ने डिपिआर हस्तान्तरण गरेका छन् ।

नगरपालिका र आर्पी फाउण्डेशनको साझेदारीमा ७२ घरहरुलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउनका लागि नगरले अर्थिक वर्ष २०७६/७७ मा एक करोड रुपैया बजेट समेत विनियोजन गरेको नगरप्रमुख भीम न्यौपानेले बताएका छन् । बाह्रवर्षे मकरमेला हुनुभन्दा अगाडी पनौतीलाई विश्वसम्पदा सूचीमा सूचीकृत हुने नगरप्रमुख भीम न्यौपानेको दावी छ ।

अहिले पनौती गरपालिकामा पुरातत्व विभागले मठ–मन्दिर लगायत पुराना शैलीका घरहरुलाई पुनर्निर्माण गर्ने काम धमाधम गरिरहेको छ ।

प्रकाशित मिति : २०७६, १० मंसिर मंगलबार  ९ : ३५ बजे

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका अर्जेन्टिनाका स्टार फुटबलर

रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने निर्णय

काठमाडौं । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक

राष्ट्र बैंक ऐन संशोधन प्रतिवेदन अर्थ समितिबाट सर्वसम्मत पारित

काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको

चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार शव भेटिए

काठमाडौं । चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार जनाको शव फेला

सांग्रिला डेभलपमेन्ट बैंकले बोलायो साधारण सभा, मर्जरको बाटो खोल्दै लाभांश प्रस्ताव

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले २२औँ वार्षिक साधारण सभा असोज