२०८३, ७ कार्तिक शनिबार

काभ्रेमा स्कुटी दुर्घटना, एक युवतीको मृत्यु

काभ्रेमा स्कुटी दुर्घटना, एक युवतीको मृत्यु


काभ्रे, १ मङ्सिर: काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ डालाबेँसीस्थित बिपी राजमार्गमा स्कुटर दुर्घटनामा परी एक युवतीको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार काठमाडौँबाट सिन्धुलीतर्फ जाँदै गरेको बा९८प ७५८२ नंको स्कुटर खाल्टो छलाउने क्रममा आफँै अनियन्त्रित भई शनिबार दुर्घटना हँुदा स्कुटरमा सवार दुवै घाइते भएको र धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पतालमा उपचारपश्चात थप उपचारका लागि नर्भिक अस्पताल काठमाडौँ पठाएकोमा उपचारका क्रममा आज बिहान ३ः०० बजेतिर मृत्यु भएको हो ।

मुत्यु हुनेमा स्कुटरको पछाडि सवार कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिका–६ घर भई पुरानो बानेश्वर काठमाडौँ कोठा गरी बस्ने वर्ष १९ की अनुपमाकुमारी राउत रहेको प्रहरीले जनाएको छ । सो दुर्घटनामा परी घाइते भएका स्कुटर चालक रामेछाप मन्थली नगरपालिका–९ घर भई हाल मध्यबनेश्वर काठमाडौँ कोठा गरी बस्ने अन्दाजी वर्ष २२ को गोपाल बोहराको दाहिने हातको औँला र बायाँ खुट्टामा चोट लागेको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति : २०७६, १ मंसिर आईतबार  ९ : ५१ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना