२०८३, १८ बैशाख शनिबार

काभ्रेमा स्कुटी दुर्घटना, एक युवतीको मृत्यु

काभ्रेमा स्कुटी दुर्घटना, एक युवतीको मृत्यु


काभ्रे, १ मङ्सिर: काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ डालाबेँसीस्थित बिपी राजमार्गमा स्कुटर दुर्घटनामा परी एक युवतीको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार काठमाडौँबाट सिन्धुलीतर्फ जाँदै गरेको बा९८प ७५८२ नंको स्कुटर खाल्टो छलाउने क्रममा आफँै अनियन्त्रित भई शनिबार दुर्घटना हँुदा स्कुटरमा सवार दुवै घाइते भएको र धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पतालमा उपचारपश्चात थप उपचारका लागि नर्भिक अस्पताल काठमाडौँ पठाएकोमा उपचारका क्रममा आज बिहान ३ः०० बजेतिर मृत्यु भएको हो ।

मुत्यु हुनेमा स्कुटरको पछाडि सवार कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिका–६ घर भई पुरानो बानेश्वर काठमाडौँ कोठा गरी बस्ने वर्ष १९ की अनुपमाकुमारी राउत रहेको प्रहरीले जनाएको छ । सो दुर्घटनामा परी घाइते भएका स्कुटर चालक रामेछाप मन्थली नगरपालिका–९ घर भई हाल मध्यबनेश्वर काठमाडौँ कोठा गरी बस्ने अन्दाजी वर्ष २२ को गोपाल बोहराको दाहिने हातको औँला र बायाँ खुट्टामा चोट लागेको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति : २०७६, १ मंसिर आईतबार  ९ : ५१ बजे

घरटहरा हटाउँदा आफ्नै सरकारविरुद्ध सांसद ! ‘जनतालाई बिर्सन मिल्दैन’

काठमाडौँ । देशका विभिन्न स्थानमा सञ्चालन भइरहेको घरटहरा हटाउने अभियानप्रति

देशमा सुरक्षित र समावेशी डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकता : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले देशमा

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो