काठमाण्डौ २६, कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपालको चार दिने औपचारिक भ्रमणका लागि मंगलबार बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद काठमाडौं आइपुगेका छन् । विमान बंगलादेशको विशेष उडानबाट पत्नी रशिदा हमिदसहित मंगलबार दिउँसो राष्ट्रपति मोहम्मद अब्दुल हमिद काठमाण्डौ आइपुगेका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपतिसहित विशिष्ट पदाधिकारीको टोली बंगलादेशका राष्ट्रपतिको स्वागत गरेका छन् भने राष्ट्रपति हमिदको सम्मानमा त्रिभुवन विमानस्थलमा नेपाली सेनाले ‘गार्ड अफ अनर’ प्रदान गरेको छ ।
राष्ट्रपति हमिदले नेपाली समकक्षी विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गर्ने कार्यतालिका रहेको छ ।
हमिदसँग बङ्गलादेशका विशिष्ट अतिथिले विभिन्न ऐतिहासिक, पुरातात्विक र साँस्कृतिक महत्वका क्षेत्रको स्थलगत अवलोकन भ्रमण गर्ने तालिका पनि रहेको परराष्ट्र मन्त्रालले जनाएको छ । बंगलादेशका राष्ट्रपति हमिद आउँदो शुक्रबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।








प्रतिक्रिया