२०८२, १० फाल्गुन आईतबार

दश वडा कार्यालय स्वास्थ्य संस्थाविहीन

दश वडा कार्यालय स्वास्थ्य संस्थाविहीन


डोटी, २६ कात्तिक:जिल्लाका विभिन्न स्थानीय तहअन्तर्गतका १० वडाकार्यालय स्वास्थ्य संस्थाविहीन रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार नेपाल सरकारबाट स्वीकृत मापदण्ड बमोजिम जिल्लाका नौ स्थानीय तहका कूल ६५ वडामध्ये ५५ वडामा मात्रै मापदण्ड पुगेका स्वास्थ्य संस्था रहेका र पाँच स्थानीय तहका १० वडा कार्यालय स्वास्थ्य संस्थाविहीन रहेका स्वास्थ्य कार्यालयका कार्यालय प्रमुख रमेश मलासीले जानकारी दिनुभयो ।

उहाँका अनुसार ती १० वडामा सामुदायिक स्वास्थ्य एकाइ, शहरी स्वास्थ्य केन्द्र, नगर स्वास्थ्य केन्द्र भए पनि मापदण्ड पूरा भएका आधारभूत स्वास्थ्य केन्द्र नरहेकाले स्वास्थ्य कार्यालयको रेकर्डमा १० वडा स्वास्थ्य संस्थाविहीन रहेका छन् । स्वास्थ्य संस्थाविहीन वडामा बडिकेदार गाउँपालिकाको वडा नं २, दिपायल सिलगढी नगरपालिकाको वडा नं ३, ४ र ७, आदर्श गाउँपालिकाको वडा नं ३, सायल गाउँपालिकाको वडा नं २, ५ र ६ तथा शिखर नगरपालिकाको वडा नं ३ र ८ रहेका स्वास्थ्य कार्यालयका तथ्याङ्क अधिकृत एवं सूचना अधिकारी महेश बोहराले जानकारी दिनुभयो ।

ती वडामा तत्काल स्वास्थ्य संस्था स्थापना गर्न स्वास्थ्य कार्यालयले सम्बन्धित स्थानीय तहसँग सिफारिश माग गरेको भए पनि हालसम्म कुनै ठाउँबाट पनि सिफारिश आइनसकेको र सिफारिश आएमा मन्त्रालयमा विवरण पेश गरी चालू आर्थिक वर्षभित्रै स्वास्थ्य संस्था स्थापनाका लागि पहल चालिने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

यसैबीच जिल्लाका विभिन्न स्थानीय तहले ३१ स्वास्थ्य संस्थाको स्थापना गरेका छन् । स्वास्थ्य कार्यालयका अनुसार सात स्थानीय तहले सामुदायिक स्वास्थ्य एकाइ, नगर स्वास्थ्य केन्द्र र शहरी स्वास्थ्य केन्द्रका रूपमा ३१ स्वास्थ्य संस्था स्थापना गरेका छन् । तीमध्ये बडीकेदार गाउँपालिकाले पाँच, दिपायल सिलगढी नगरपालिकाले चार, आदर्श गाउँपालिकाले छ, सायल गाउँपालिकाले दुई, शिखर नगरपालिकाले तीन, जोरायल गाउँपालिकाले छ र बोगटान फुड्सिल गाउँपालिकाले पाँच स्वास्थ्य संस्था स्थापना गरेका छन् । ती स्थानीय तहहरुले आफ्नै लगानीमा व्यवस्थापन गर्ने गरी स्वास्थ्य संस्था स्थापना गरी सेवा दिन शुरु गरेका छन् ।

प्रकाशित मिति : २०७६, २६ कार्तिक मंगलबार  ८ : ४१ बजे

कल्पना राईः सोलुखुम्बुको सपना र सशक्त युवा नेतृत्व

आज सगरमाथा पनि खुशीले हाँसेको छ । वरपरका शिखरहरुले गर्वका

बालेन्द्रको नैतिकतामाथि प्रश्न ?

नेतृत्व लोकप्रियताको क्षणिक खेल होइन । त्यो आचरण, जवाफदेहिता र

झण्डा जलाउने र निषेध गर्ने कार्यप्रति कांग्रेस उम्मेदवार तिमल्सिनाको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्र नं. ४ का उम्मेदवार

कर्फ्युका कारण रौतहट जिल्ला अदालतका सबै सेवा स्थगित

काठमाडौँ । रौतहटमा जारी गरिएको अनिश्चितकालीन कर्फ्युका कारण रौतहट जिल्ला

मतदानअघि राष्ट्रको पक्ष रोजौँ : देश बनाउनेलाई साथ दिन आग्रह : सचिव महेश बस्नेत

भक्तपुर, १० फागुन । नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र