२०८३, ८ कार्तिक आईतबार

काभ्रेको दाप्चा घटनाको अनुसन्धान गर्न सिआइबीको टोली

काभ्रेको दाप्चा घटनाको अनुसन्धान गर्न सिआइबीको टोली


काभे २४ कात्तिक : काभ्रेको नमोबुद्ध नगरपालिका ८ दाप्चा तल्लो हटियाका श्रेष्ठ दम्पतीको हत्याको छानविन गर्न नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोको एक टोली घटनास्थल पुगेको छ ।

ब्यूरोका डिएसपी हरि बस्नेतको नेतृत्वमा ५ जनाको टोली घटनास्थल पुगेको छ । घटनास्थल पुगेको सिआइबीको मसिनो ढंगबाट घटनाको अनुसन्धान गर्ने छ । गएको मंगलबार धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा ५५ बर्षी श्यामकृष्ण श्रेष्ठ र उनकी श्रीमती रुकुमाया श्रेष्ठको शव फेला परेपछि सिआइबीको टोली छानविनका लागि घटनास्थल पुगेको हो ।

घटनामा संलग्न भएको आरोपमा जिल्ला प्रहरी कार्यालय काभ्रेले अनुसन्धानका लागि २० जना पक्राउ गरेको थियो । पक्राउ परेका मध्ये अहिले ३ जनामात्रै प्रहरी हिरासतमा रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमूख जयराज सापकोटाले जानकारी दिए । ‘बाँकीलाई तारेखमा छाडिएको छ, उनले भने ‘जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरिरहेकै थियो, हामीलाई मद्दत गर्न केन्द्रबाट सिआइबीको टोली पनि आइपुगेको छ ।’

श्रेष्ठ दम्पत्तीको शवलाई धारिलो हतियार प्रहार गरी क्षतबिक्षत बनाइ सिरकले छोपेको अवस्थामा प्रहरीले फेला पारेको थियो ।

प्रकाशित मिति : २०७६, २४ कार्तिक आईतबार  ३ : ५९ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना