२०८३, २० भाद्र आईतबार

काभ्रेको दाप्चा घटनाको अनुसन्धान गर्न सिआइबीको टोली

काभ्रेको दाप्चा घटनाको अनुसन्धान गर्न सिआइबीको टोली


काभे २४ कात्तिक : काभ्रेको नमोबुद्ध नगरपालिका ८ दाप्चा तल्लो हटियाका श्रेष्ठ दम्पतीको हत्याको छानविन गर्न नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोको एक टोली घटनास्थल पुगेको छ ।

ब्यूरोका डिएसपी हरि बस्नेतको नेतृत्वमा ५ जनाको टोली घटनास्थल पुगेको छ । घटनास्थल पुगेको सिआइबीको मसिनो ढंगबाट घटनाको अनुसन्धान गर्ने छ । गएको मंगलबार धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा ५५ बर्षी श्यामकृष्ण श्रेष्ठ र उनकी श्रीमती रुकुमाया श्रेष्ठको शव फेला परेपछि सिआइबीको टोली छानविनका लागि घटनास्थल पुगेको हो ।

घटनामा संलग्न भएको आरोपमा जिल्ला प्रहरी कार्यालय काभ्रेले अनुसन्धानका लागि २० जना पक्राउ गरेको थियो । पक्राउ परेका मध्ये अहिले ३ जनामात्रै प्रहरी हिरासतमा रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमूख जयराज सापकोटाले जानकारी दिए । ‘बाँकीलाई तारेखमा छाडिएको छ, उनले भने ‘जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरिरहेकै थियो, हामीलाई मद्दत गर्न केन्द्रबाट सिआइबीको टोली पनि आइपुगेको छ ।’

श्रेष्ठ दम्पत्तीको शवलाई धारिलो हतियार प्रहार गरी क्षतबिक्षत बनाइ सिरकले छोपेको अवस्थामा प्रहरीले फेला पारेको थियो ।

प्रकाशित मिति : २०७६, २४ कार्तिक आईतबार  ३ : ५९ बजे

निर्माण व्यवसायी संघ काभ्रेको नयाँ नेतृत्व चयन, अध्यक्षमा अकुर प्रसाद गौतम

काभ्रे । निर्माण व्यवसायी संघ, काभ्रेको १५औँ साधारण सभा तथा

राप्रपामा धक्का : महामन्त्री शरदराज पाठकले छाडे पार्टी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री शरदराज पाठकले पार्टीको

कांग्रेसमा फेरि बढ्यो विवाद : ‘महाधिवेशन अघि बढे पार्टी फुट्न सक्छ’ भन्दै रमेश लेखकको चेतावनी

कञ्चनपुर । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद समाधान हुनुको साटो झन्

बाढी उद्धारमा आईजीपी कार्कीको निर्देशन : ‘कुनै कसर बाँकी नराख्नु’

काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि उद्धार तथा

भोटेकोशी बाढी : ११औँ दिनसम्म ४ जनाको जीवित उद्धार, खोजी कार्य तीव्र

काठमाडौं । भोटेकोशी बाढी आएको ११औँ दिनसम्म जलविद्युत् आयोजनाका सुरुङ