२०८३, १७ बैशाख शुक्रबार

श्रीमानले गरे श्रीमतीको हत्या

श्रीमानले गरे श्रीमतीको हत्या


लहान, २० कात्तिक:सिरहाको कर्जन्हा नगरपालिकामा आज एक युवकले बञ्चरो प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । घरायसी विवादमा कर्जन्हा नगरपालिका–२ निवासी रामबाबु पासवानले बञ्चरो प्रहार गरी आफ्नै श्रीमती कविता पासवानको हत्या गरेका हुन् ।

बिहानै माछा बेचेर घर आएपछि खाना खाँदै गरेको अवस्थामा सामान्य विवाद हुँदा पासवानले बञ्चरो प्रहार गरी श्रीमतीको हत्या गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक सुकदेव खनालले जानकारी दिनुभयो ।

बञ्चरो प्रहारबाट गम्भीर घाइते भएकी कवितालाई उपचारका लागि कर्जन्हास्थित फुलकुमारी महतो मेमोरियल अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रनाउ खनालले बताउनुभयो । श्रीमतीमाथि बञ्चरो प्रहार गर्ने पासवान फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७६, २० कार्तिक बुधबार  ५ : ४० बजे

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले