२०८३, ७ कार्तिक शनिबार

काभ्रेको नमोवुद्ध दाप्चामा दप्पतीको हत्या

काभ्रेको नमोवुद्ध दाप्चामा दप्पतीको हत्या


नमोवुद्ध काभ्रे, कार्तिक १९ । काभ्रेको नमोबुद्ध नगरपालिका ८ दाप्चा तल्लो हटियाका एक दम्पती गए राती आफ्नै घरमा मृत भेटिएका छन् । धारिलो हतियार प्रहार गरिएका ५५ बर्षका श्यामकृष्ण श्रेष्ठ र अन्दाजी ५० बर्षकी उनकी श्रीमती रुकुमाया श्रेष्ठको शव फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी जयराज सापकोटाले जानाएका छन् ।

घटनास्थलमा धारिलो हतियार प्रहार गरी क्षतबिक्षत भएको अवस्थामा दम्पतीलाई प्रहरीले फेला पारेको थियो । हत्यापछि घटनास्थालमा पुगेकोे प्रहरी टोलीले मृतकको शवलाई सिरकले छोपेको अवस्थामा फेला परेको थियो । प्रहरी चौकी श्यामपाटीका इन्चार्ज केशव दर्जीको टोली अहिले घटना भएको स्थानमा खटिएको छ ।

मदिरा सेवनपछि घटना भएको प्रहरी अनुमान छ । प्रहरीका अनुसार घटनास्थलमा बियरका बोतल, गाजा र सुर्तीको धुलो छरिएको अवस्थामा भेटिएका छन् । दम्पतीले आफ्नै घरमा चियापसल संचालन गर्दै आएका थिए । छिमेकीका अनुसार राती पौने आठ बजेसम्म पसल खुल्ला रहेको थियो । मदिरा सेवन गर्न राती अवेर आएकाहरुबीच विवाद भएपछि हत्या भएको हुनसक्ने आशंका गरिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७६, १९ कार्तिक मंगलबार  ११ : ११ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना