२०८३, १७ बैशाख शुक्रबार

जनप्रतिनिधि र पार्टी हातेमालो गरेर अघि बढ्नुपर्छ : वरिष्ठ नेता नेपाल

जनप्रतिनिधि र पार्टी हातेमालो गरेर अघि बढ्नुपर्छ : वरिष्ठ नेता नेपाल


बनेपा, ८ कात्तिक :नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जनताले धेरै आशा र अपेक्षा गरेको पार्टी भएकाले सबैसँग हातेमालो गरेर देश र जनताको पक्षमा काम गर्न जनप्रतिनिधि र पार्टी नेता कार्यकर्ताहरूलाई आग्रह गर्नुभएको छ ।

नेकपा काभ्रेपलाञ्चोकले आज बनेपामा तिहार, नेपाल सम्वत ११४० र छठ पर्वको उपलक्ष्यमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा नेता नेपालले सबै मिलेर काम गरे मात्रै सरकारका लागि काम गर्ने वातावरण निर्माण हुने बताउनुभयो । “सबैले आ–आफ्नो जिम्मेवारी सम्हालेर जनताको पक्षमा काम गरे नेकपासँग कुनै पार्टीले प्रतिस्पर्धा गर्न सक्दैन”, उहाँले भन्नुभयो, “जनभावनाअनुसार राष्ट्रिय योजना बनाएर देशको विकास गरेर अगाडि बढ्नुपर्छ ।” वरिष्ठ नेता नेपालले दीर्घकालीन सोचका साथ अगाडि बढे मात्र समृद्धिको दिशामा अघि बढ्न सकिने बताउनुभयो ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम नेकपा काभ्रेपलाञ्चोकका इञ्चार्ज गोकुलप्रसाद बाँस्कोटाले पार्टीको एकता सम्पन्न गरेर औपचारिक रुपमा पार्टी बनिसकेको उल्लेख गर्दै नेकपा काभ्रेमा ड्रागन बनेको बताउनुभयो । अब पार्टी एकताबद्ध भइसकेको र जिल्लाको सबै स्थानीय तह जित्नका लागि पनि एकताले नयाँ शक्ति पैदा गरेको उहाँले बताउनुभयो । “हाम्रो यात्रा चुनावदेखि चुनावसम्म तथा सांसद र मन्त्रीको लोगो भिर्नका लागि मात्रै नभई समृद्ध राष्ट्र निर्माणका लागि हो”, उहाँले भन्नुभयो । आत्मनिर्भर राष्ट्र निर्माणका लागि सम्पूर्ण स्रोतसाधन र सीपको एकमुस्ट परिचालन आवश्यक भएको उहाँको भनाइ थियो । नेकपा प्रदेश नं ३ का अध्यक्ष नारायण दाहालले सरकारले जनताको साथमा नै गएर काम गर्न सक्नुपर्नेमा जोड दिनुभयो । रासस

प्रकाशित मिति : २०७६, ८ कार्तिक शुक्रबार  ८ : ५० बजे

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले