२०८३, ५ आश्विन मंगलबार

बसबाट यात्रुको नगद चोर्ने दुई महिला पक्राउ

बसबाट यात्रुको नगद चोर्ने दुई महिला पक्राउ


भद्रपुर, ४ कात्तिक :बसबाट रु एक लाख नगद चोरी गरेर भाग्दै गरेका दुई महिलालाई प्रहरीले आज चारआलीबाट पक्राउ गरेको छ । पक्राउपर्नेमा भारतको पानीट्याङ्की घर बताउने २५ वर्षीया पूजा गुल्ठा र २५ वर्षीया कविता मण्डल रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका अनुसार काँकडभिट्टा– विर्तामोड चल्ने यात्रु बसमा यात्रा गर्दैै गरेकी अर्जुनधारा नगरपालिका–२ की ४० वर्षीया विमला रोक्का ९सार्की० को ब्यागबाट नगद रु एक लाख चोरी भएको थियो ।

चोरी भएको थाहा पाएलगत्तै प्रहरीलाई रोक्काले खबर गरेपछि इलाका प्रहरी कार्यालय धुलाबारी र चारआली चौकीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई मेचीनगर–१३ स्थित मेट्रो पेट्रोल पम्प नजिकबाट टेम्पो चढेर काँकडभिट्टातर्फ जाँदै गर्दा नगदसहित पक्राउ गरेको हो । पक्राउ परेका दुवै महिलालाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर थप अनुसन्धान भइरहेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

प्रकाशित मिति : २०७६, ४ कार्तिक सोमबार  ६ : ५३ बजे

बसमा आगलागी : मृतकको पहिचान खोज्दै प्रहरी, आफन्त अझै सम्पर्कमा आएनन्

काठमाडौं । त्रिपुरेश्वरमा सोमबार बसमा आगलागी हुँदा जलेर मृत्यु भएका

मुगुमा आयोडिनयुक्त नुनको ढुवानी र भण्डारण

मुगु । मुगुको सदरमुकाम गमगढीमा स्थलमार्गबाट ल्याइएको आयोडिनयुक्त नुन गोदाममा

भोटेकोशी बाढी अपडेट : १ हजार ४५१ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार बिहान

भोटेकोशी–त्रिशूली बाढीबाट पर्यटन क्षेत्रमा ५२ अर्ब ६७ करोडको क्षति भएको प्रतिवेदन पेश 

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको