२०८३, १७ बैशाख शुक्रबार

प्रहरी तालिम केन्द्रमै ‘बलात्कार प्रयास’

प्रहरी तालिम केन्द्रमै ‘बलात्कार प्रयास’


काठमाडौं, कात्तिक १: निडर भावनासहित प्रहरी जवानको तालिममा उत्रिएकी थिइन् । यही मनोवलले प्रहरी प्रशासनमा काम गर्ने सोच थियो तर त्यस दिन उनको मुहारमा डर र त्रास मात्र झल्किन्थ्यो । प्रहरी अधिकृतले पीडितको मनोविज्ञान खोतलेपछि उनले आफूमाथि तालिम केन्द्रमै जबर्जस्ती करणी प्रयास भएको खुलाइन् ।

नेपालगन्जस्थित कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रमा प्रहरी जवानकी प्रशिक्षार्थीले पाँच दिन अघि केन्द्रभित्रै आफूमाथि प्रहरी नायब निरीक्षक (सइ) बमबहादुर रानाले करणी प्रयास गरेको बताएकी हुन् ।

केन्द्रका डीएसपी मधुसूदन न्यौपानेका अनुसार गत असोज २६ गते ब्यारेकस्थित गल्र्स होस्टलमा बोलाई चुकुल लगाएपछि रानाले हात समातेर करणी गर्न खोजेको पीडितको आरोप छ । यो समाचार आजको कान्तिपुर दैनिकमा मधु शाहीले लेखेकी छिन् ।

प्रकाशित मिति : २०७६, १ कार्तिक शुक्रबार  ७ : १६ बजे

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले