२०८२, ३० भाद्र सोमबार

गाईखुरा महादेव मन्दिरमा भक्तजनको भीड

गाईखुरा महादेव मन्दिरमा भक्तजनको भीड


चरिकोट, २९ असोज:दोलखा मेलुङ्ग गाउँपालिका–२ सुकाठोकरमा रहेको प्रसिद्ध गाईखुरा महादेव मन्दिरसम्म यातायात सञ्चालनमा आएसँगै भक्तजनको भीड लाग्न थालेको छ । सडक सञ्जालदेखि टाढा रहेको दोलखाकै प्रसिद्ध गाईखुरा महादेव मन्दिरसम्म स्थानीय तहको संरचनासँगै सडक यातयातले जोडिएका कारण हाल मन्दिरमा भक्तजनको सङ्ख्यामा वृद्धि हुँदै आएको मन्दिरका पुजारी शिवहरि पण्डितले बताउनुभयो । पर्यटकीय गन्तव्यको रूपमा समेत विकास भइरहेको गाईखुरा महादेव मन्दिरसम्म पुग्नका लागि सडक स्तरोन्नतिको कामसमेत भइरहेको छ ।

तीन शक्ति, एक शिला र पाँच अवतार रहेको गाईखुरा महादेव मन्दिर धार्मिक मान्यताका साथै प्राकृतिक सौन्दर्यले पनि प्रसिद्ध रहेको छ । गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग र दुई पहेँला नाग स्पष्ट देख्न सकिन्छ । यो मन्दिरमा वेद, रुद्री, चण्डी र सवालाख बत्ती बालेर दर्शन गरेमा जुनसुकै सङ्कट परे पनि समाधान हुने, आपतविपत दुर्घटनाबाट बचाउने, अकालमा मर्नबाट जोगाउने, धन प्राप्ती हुने विश्वास रहँदै आएको छ ।

विगतदेखि नै स्थानीयवासीले नै सुधार र संरक्षण गर्दै आएको यो स्थानमा हाल गाउँपालिकाले जिम्मा लिएर वरिपरि कम्पाउण्ड निर्माण गर्न रु ३० लाख बजेटको व्यवस्था गरी निर्माणकार्य अन्तिम चरणमा पु¥याएको छ । प्रसिद्ध गाईखुरा महादेवको मन्दिर प्रचारप्रसार र पूर्वाधारका अभावका कारण ओझेल परेको भन्नुहँदै गाउँपालिका अध्यक्ष नरबहादुर श्रेष्ठले मन्दिरको व्यवस्थापन र पूर्वाधार निर्माणका लागि गाउँपालिकाले बजेट विनियोजनसमेत गरेको बताउनुभयो ।

नयाँ तीर्थस्थलको रूपमा श्रद्धालु भक्तजनले रुचाएको गाईखुरा महादेव मन्दिरसम्म नै यातायात सञ्चालन भएपछि टाढा–टाढादेखि आएर रात बसेर पूजापाठ र दर्शन गरी श्रद्धालु भक्तजन फर्कने गर्दछन् । हाल मन्दिरमा दर्शन गर्नका लागि भारतीय दर्शनार्थी पनि आउन थालेको मन्दिरका पुजारी शिवहरि पण्डितले बताउनुभयो ।

प्रकाशित मिति : २०७६, २९ आश्विन बुधबार  ६ : ५९ बजे

स्वकीय सचिवालय नराख्ने अर्थमन्त्री खनालको घोषणा : फजुल खर्च रोक्न दृढ

काठमाडौं। नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गर्दै स्वकीय सचिवालय

क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि कोष खडा गर्ने मन्त्री घिसिङको घोषणा

काठमाडौं। नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले सार्वजनिक

नयाँ अन्तरिम सरकारको पहिलो निर्णयहरू – प्रधानमन्त्री र मन्त्रीहरूको कदम

काठमाडौँ । जेनजी आन्दोलनपछि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार

जेनजी आन्दोलन हिंसात्मक: देशभर ६८ वटा बैंक शाखामा आक्रमण, एटिएमहरूमा पनि क्षति

काठमाडौं । पछिल्लो समय देशभर फैलिएको जेनजी आन्दोलन हिंसात्मक बन्दै

प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद् विस्तार : तीन मन्त्रीको टुंगो, भोलि शपथ

काठमाडौ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले मन्त्रिपरिषद् विस्तारको तयारी