२०८३, २१ आश्विन बिहीबार

धान पाकेसँगै हात्ती गाउँमा

धान पाकेसँगै हात्ती गाउँमा


भद्रपुर, २८ असोज: किसानले खेतमा लगाएको धान पाक्न थालेसँगै झापामा हात्ती साँझ पर्ने बित्तिकै गाउँ पस्न थालेपछि स्थानीयहरु अत्तालिन थालेका छन् । मेचीनगर नगरपालिकाको वडा नम्बर १४ र १५ मा साँझ पर्ने बित्तिकै आधा दर्जन हात्ती हुल बाँधेर आउने र किसानको खेतमा पसेर धान खाने गरेको उनीहरुको भनाइ छ ।

नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकालले सामाजिक सञ्जालमै हात्तीले धान खाइरहेको तस्बिर राख्दै हात्तीको बिगबिगीबाट जोगाउन सरकार र स्थानीय सरकारसँग दीर्घकालीन उपाय खोजिदिन आग्रह गर्नुभएको छ ।

दिनभर सामुदायिक वनमा बस्ने र साँझ पर्नासाथ गाउँ पस्ने हात्ती बिहान ७ बजेसम्म किसानले लगाएको धान, फलफूललगायतका बालीमा रमाउने गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “धान त खायो खायो मान्छेको ज्यान नै जोखिममा छ, तत्काल समाधान नखोजे ठूलो मानवीय क्षति हुनसक्छ ।”

नेपाल पत्रकार महासङ्घ झापाका अध्यक्ष तारामणि सापकोटाले सामाजिक सञ्जालमै ‘गणेशले गाह्रो पारे, साँझ परेपछि चारआली–चन्द्रगढीको बाटो हिँडे हात्तीको आक्रमणमा परिने भयो’ भनेर लेख्नुभएको छ । मेचीनगर–१४ का स्थानीयवासी अनिल ढुङ्गानाले ‘पाकेको धान जति सबै हात्तीले खाएपछि अब के खाने’ भनेर किसान चिन्तित भएको बताउनुभयो । उहाँका अनुसार सो क्षेत्रमा मात्र किसानले लगाएको करीब तीन बिघा जमिनको धान हात्तीले खाइसकेको छ ।

डिभिजन वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेले हात्तीको दीर्घकालीन समाधान गर्न समस्या भइरहेको बताउनुभयो । उहाँले वनजङ्गल मासिँदै गएका कारण हात्ती आहारको खोजीमा गाउँ पस्न थालेको बताउँदै भन्नुभयो, “सामुदायिक वनहरुले हात्तीको आहारको रूपमा केरालगायतका फलफूल लगाइदिने हो भने गाउँपस्ने क्रम कम हुने थियो ।”

उहाँका अनुसार बाहुनडाँगीमा लगाइएको सोलार फेन्सिङले भारतीय जङ्गलबाट हात्ती आउने क्रम रोकिएको छ । झापाकै वनमा रहेका १३ वटा रैथाने हात्ती रोक्नका लागि सोलार फेन्सिङ भइरहेको जानकारी दिँदै उहाँले भन्नुभयो, “राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले रेडियो कलर हात्तीको घाँटीमा जडान गरिदिए ऊ भएको क्षेत्र थाहा हुने र त्यहीअनुसारको सुरक्षा प्रदान गर्न हामीलाई सजिलो हुने थियो ।” उहाँले विभागमा यसबारे पटकपटक अनुरोध गरेको बताउनुभयो ।

प्रकाशित मिति : २०७६, २८ आश्विन मंगलबार  ७ : ४१ बजे

कांग्रेस नेतृत्व छान्ने मतदान फेरि अनिश्चित, शुक्रबार बिहान ७ बजेबाट हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि

‘पीडितलाई सुरक्षित पुनःस्थापना गरौँ’ : मुख्यमन्त्री थापाको निर्देशन, पुनर्निर्माण तीव्र पारिँदै

हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बाढीपहिरोबाट विस्थापित नागरिकलाई

नोबेल शान्ति पुरस्कार मैले पाउनुपर्छ : डोनाल्ड ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल

उपेन्द्रको आत्मसमीक्षा : ‘सत्ता ताक्दा जनतासँगको दूरी बढ्यो’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले