२०८२, २ माघ शुक्रबार

भोटेकोशीबाट असोजभित्रै विद्युत् उत्पादन हुने

भोटेकोशीबाट असोजभित्रै विद्युत् उत्पादन हुने


मेलम्ची, २८ असोज : जुरे पहिरोबाट क्षति पुगेको भोटेकोशी जलविद्युत् आयोजनाको पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । पहिरोबाट विद्युत् प्रसारण लाइनको केही टावर क्षतिग्रस्त भएपछि छ महीना विद्युत् उत्पादन पूर्णरुपमा बन्द भएको ४५ मेगावाटको यस आयोजनाको पुनःनिर्माणको जिम्मा चिनियाँ सिनो हाइड्रोले पाएको थियो ।

आयोजनाले अहिले करीब ८५ प्रतिशत काम सम्पन्न गरेको आयोजनाका महाप्रबन्धक विक्रमरत्न स्थापितले जानकारी दिनुभयो । जुरे पहिरोमा विद्युत् प्रसारण लाइनको केही टावर क्षतिग्रस्त भएपछि छ महीना विद्युत् उत्पादन पूर्णरूपमा बन्द भएको थियो । आयोजनाले टावर मर्मत गरेपछि विद्युत् उत्पादन शुरु भएपनि विसं २०७२ को भूकम्पमा आयोजनामा पुनः क्षति पुगेको थियो । भूकम्पमा क्षति भएको आयोजना पुनःनिर्माण शुरु हँुदै गर्दा भोटेकोशीको बाढीले आयोजनामा धैरै क्षति पु¥याएको थियो ।

आयोजनाको अहिले हेडबक्सका काम सकिएको र पानी भर्ने काम भइरहेको स्थापितले जानकारी दिनुभयो । “हामी अहिले हेडबक्सको परीक्षणमा छौँ’’, स्थापितले भन्नुभयो, “विद्युत् गृह परीक्षणको प्रक्रियामा छौँ ।’’ असोजभित्र पुनःनिर्माण सकेर कात्तिक पहिलो सातादेखि विद्युत् उत्पादन शुरु गर्ने तयारी भइरहेको स्थापितले जानकारी दिनुभयो । शुरुमा पहिलो युनिट परीक्षण गर्ने र त्यसपछि अरु युनिट पनि चलाउने तयारी भइरहेको आयोजनाले जानकारी दिएको छ ।

साढे चार वर्षदेखि विद्युत् आयोजना अवरुद्ध हँुदा अर्बौं क्षति भएको आयोजनाले जानकारी दिएको छ । आयोजना पुनःनिर्माणका लागि सात अर्ब रुपैयाँ खर्च हुने महाप्रबन्धक स्थापितले जानकारी दिनुभयो । यो रकम नयाँ आयोजना निर्माण गर्दा लाग्ने खर्च जत्तिकै भयो, महाप्रबन्धक स्थापितले भन्नुभयो, “क्षति धेरै भयो, लागत पनि बढ्यो ।” आयोजनाको हेडबक्स, सुरुङ र पेनस्टक पाइपमा समेत क्षति पुगेको थियो भने इलेक्ट्रोनिक्सको पनि सबै सामग्री फेर्नु परेको आयोजनाले जानकारी दिएको छ । भूकम्पमा अन्य संरचनामा मात्रै क्षति भए पनि बाढीले भने बाँध र बालुवा थेग्राउने पर्खाल ध्वस्त बनाएको आयोजनाले जानकारी दिएको छ ।

आयोजना बन्द हुँदा कति क्षति भयो त्यो अहिले भन्न नमिले पनि भूकम्पले मात्रै रु तीन अर्ब बढी क्षति भएको आयोजनाका महाप्रबन्धक स्थापितले बताउनुभयो । आयोजनाले शुरुमा ३६ मेगावाट मात्रै विद्युत् उत्पादन गरे पनि सन् २०११ मा विद्युत् खरीद सम्झौतापछि ४५ मेगावट क्षमतामा गएको थियो ।जुरे पहिरोले भोटेकोशी बन्द भए पनि शेयर माग गर्दै स्थानीयवासीले आन्दोलनसमेत गरेका थिए ।

पछि त्यतिबेलाका प्रमुख तीन पार्टीकै नेतृत्वमा भोटेकोशी विरुद्ध आन्दोलन चर्किएपछि जिल्लावासीलाई छ प्रतिशत शेयर दिन भोटेकोशी तयार भएको थियो । शेयर दिन तयार भए पनि आयोजना पुनः बन्द भएपछि त्यसको प्रक्रिया अघि बढेको छैन । आयोजना पुनः सञ्चालनमा आएपछि आफूहरुसँग गरेको सम्झौता कार्यान्वयनमा दबाब दिने स्थानीयवासीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७६, २८ आश्विन मंगलबार  ६ : ०८ बजे

निर्वाचन आयोगबाट कांग्रेसको गगन–विश्व समूहलाई औपचारिक मान्यता

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई कानून र

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति