२०८३, ७ कार्तिक शनिबार

६ जना मन्त्री हेरफेर हुँदै,उपसभामुखलाई राजीनामा गराइँदै

६ जना मन्त्री हेरफेर हुँदै,उपसभामुखलाई राजीनामा गराइँदै


काठमाडौं , असोज २८ : प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी गरेका छन्। पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको परामर्शमा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेका हुन्। ओलीले सोमबार दाहालसँग यो विषयमा बालुवाटारमा झण्डै दुईघन्टा वार्ता गरे।

ओलीले ६ जना मन्त्री हेरफेर गर्नसक्ने बालुवाटार स्रोतले बतायो। शिवमाया तुम्बाहाम्फेलाई प्रतिनिधिसभाको सभामुखबाट राजीनामा दिन लगाई मन्त्री बनाउने तयारी ओलीको छ। ओलीले सोमबारै उपसभामुखसँग राजीनामाका विषयमा छलफल गरी मन्त्री पदका लागि तयारी अवस्थामा बस्न भनेको स्रोतले बताएको खबर अन्नपूर्णपोट दैनिकमा छ।

कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त छ। यो पद अन्यलाई नछाड्न नेकपाले उपसभामुखलाई राजीनामा गराउन लागेको हो। सभामुख र उपसभामुख एकै दलबाट बन्न नपाइने संवैधानिक व्यवस्था छ।

प्रकाशित मिति : २०७६, २८ आश्विन मंगलबार  ६ : ५७ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना