२०८२, ३० फाल्गुन आईतबार

अमेरिकामा कार दुर्घटना : दुई नेपालीको मृत्यु

अमेरिकामा कार दुर्घटना : दुई नेपालीको मृत्यु


काठमाडौं, असोज २७ : अमेरिकाको ओहायोको कोलम्बसमा शनिबार भएको कार दुर्घटनामा दुई नेपालीको मृत्यु भएको छ। दुर्घटनामा चारजना घाइते भएका छन्। घाइतेमध्ये एकजना अवस्था गम्भीर छ। स्थानीय समाचार संस्था डब्ल्युसिएमसएचका अनुसार स्थानीय सनबरी रोड र मोर्स रोडको इन्टरसेक्सनमा राति १० बजे दुर्घटना भएको थियो।

दुर्घटनामा २४ वर्षीया अञ्जु विश्वकर्मा र कुमारी विश्वकर्माको निधन भएको हो। २२ वर्षीया सिर्जना विश्वकर्मा (कुनै माध्यममा उनको नाम तारा पनि लेखिएको छ)को माउन्ट कार्मल अस्पताल उपचार भइरहेको छ। उनको अवस्था चिन्ताजनक रहेको जनाइएको छ।

दुर्घटनामा तीन वटा गाडी ठोक्किएका थिए। अर्को गाडीमा सवार खालेब वाट्सन र कोबी स्टिलवेललाई पनि ग्रान्ट मेडिकल सेन्टर अस्पताल लगिएको थियो। स्टिलवेलले हाँकेको विश्वकर्माले हाँकेको टोयोटा क्याम्रीसँग ठोक्किएको थियो। स्टिलवेलको कार गएर टोयोटा टकोमा ट्रकमा बज्रिएको थियो।

प्रकाशित मिति : २०७६, २७ आश्विन सोमबार  ७ : ३३ बजे

रास्वपाको सचिवालय बैठक आज बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज

समानुपातिक सांसद छान्न कांग्रेस बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस ले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

इरान सम्झौता र मोजतबा खामेनीबारे ट्रम्पको टिप्पणी

काठमाडौँ । अमेरिकी राष्ट्रपति  डोनाल्ड ट्रम्पलेले इरानसँग सम्भावित सम्झौता अहिलेको

आजदेखि बैंकहरूमा नयाँ ब्याजदर लागू, कुनले कति दिन्छन् ब्याज ?

काठमाडौँ । चैत महिनाका लागि वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक

कतारबाट नेपाल फर्कन चाहनेलाई आवेदन दिन दूतावासको अनुरोध

काठमाडौं । दोहास्थित नेपाली दूतावासले कतारबाट नेपाल फर्कन इच्छुक नेपाली