२०८३, ३० भाद्र बुधबार

चार लाखसहित ३९ जुवाडे पक्राउ

चार लाखसहित ३९ जुवाडे पक्राउ


राँझा, २४ असोज: बाँकेमा दशैँ अवधिमा जुवातास खेल्ने ३९ जनालाई रु. चार लाखसहित प्रहरीले पक्राउ गरेको छ । दशैँ अवधिभर बाँकेमा जुवाका पाँचवटा खालमा प्रहरीले छापामारी ३९ जनालाई रु तीन लाख ९७ हजार १५३ सहित पक्राउ गरिएको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले बताउनुभयो ।

उहाँका अनुसार, पछिल्लोपटक नेपालगञ्जमा बिहीवार राति १७ जना जुवाडे पक्राउ परेका हुन् । गणेशपुरबाट रु एक लाख ८३ हजारसहित उनीहरु पक्राउ परेका थिए । सबभन्दा बढी कोहलपुर नगरपालिकाको विभिन्न वडाबाट २२ जना जुवाडे पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार, जुवा खेलिरहेको सूचनाका आधारमा रेडक्रस रोडमा रहेको एक इन्स्टिच्यूटबाट रु ९८ हजारसहित कोहलपुर नगरपालिका–११ न्यूरोड बस्ने उमेश शाही, सोही ठाउँका केशव क्षेत्री र वडा नं. १३ बस्ने नरबहादुर खत्रीलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरले गत शनिबार मात्र कोहलपुरमा जुवा खेल्दै गरेका १९ जना व्यक्तिलाई विभिन्न ठाउँबाट पक्राउ गरेको थियो । कोहलपुर नगरपालिका–५ शान्तिनगरबाट ११ जनालाई रु २६ हजार र शनिबार राति नै बैजानाथ गाँउपालिका–४ तिलकपुरबाट आठ जनालाई रु ९० हजार १५३ सहित नियन्त्रणमा लिएको हो । कोहलपुर र नेपालगञ्जमा जुवाका खालमा प्रहरीले धमाधम छापा हानेपछि नियमित जुवा खेल्नेहरु ग्रामीण क्षेत्रतिर लागेका छन् ।

प्रकाशित मिति : २०७६, २४ आश्विन शुक्रबार  ६ : ४५ बजे

इरानसँगको युद्धमा अमेरिकाको ३८ अर्ब डलर खर्च

काठमाडौं । इरानसँग जारी युद्धका क्रममा अमेरिकाले हालसम्म करिब ३८ अर्ब अमेरिकी डलर खर्च गरेको

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका अर्जेन्टिनाका स्टार फुटबलर

रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने निर्णय

काठमाडौं । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक

राष्ट्र बैंक ऐन संशोधन प्रतिवेदन अर्थ समितिबाट सर्वसम्मत पारित

काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको

चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार शव भेटिए

काठमाडौं । चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार जनाको शव फेला