२०८३, ५ आश्विन मंगलबार

सिन्धुपाल्चोक दुर्घटना अपडेट : १२ को मृत्यु, ५० भन्दा बढी घाइते

सिन्धुपाल्चोक दुर्घटना अपडेट : १२ को मृत्यु, ५० भन्दा बढी घाइते


मेलम्ची, २४ असोज: सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१२ भोटसिपास्थित बडहरे चोक नजीक खोँचमा एक सवारी साधन दुर्घटनामा पर्दा कम्तीमा १२ जनाको मृत्यु भएको छ । सोही गाउँपालिका–९को सिपाटारबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको वा २ ख २७१५ नंको बस सडकबाट २०० मिटर तल खसेको थियो । दुर्घटनामा पचास जनाभन्दा बढी घाइते भएकोे स्थानीयवासी राजेन्द्र आचार्यले बताउनुभयोे ।

सो घटनामा क्षतिको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्र्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । दुर्घटनाको स्थिति हेर्दा थप क्षति हुन सक्ने देखिन्छ । दुर्घटनामा परेका प्रायः सबै घाइते भएको हुन सक्ने अनुमान गरिएको र घटनाको थप विवरण आउन बाँकी रहेको उहाँको भनाइ थियो ।

छतमा समेत यात्रु भएकाले कम्तीमा पनि ७० भन्दा बढी यात्रु उक्त बसमा चढेको प्रहरी नायब उपरीक्षक काफ्लेले बताउनुभयो । कच्ची सडक र यात्रु बढी भएकाले हेलम्बु यातयातको सो बस दुर्घटना भएको हुन सक्ने बताइएको छ ।

पाँचकोे सनाखत
प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलाल बस दुर्घटनास्थलमा पुग्नुभएको छ । हेलिकप्टर लिएर घटनास्थल आइपुग्नुभएका उहाँले घाइतेको उद्धारमा कुनै कमी हुन नदिन सुरक्षा निकायलाई निर्देशन दिनाका साथै अस्पतालमा पुगेर घाइतेको अवस्थाबारे जानकारी लिनुभयो । दुर्घटनामा मृत्यु भएकामध्ये पाँच जनाको सनाखत भएको छ ।

सनाखत हुनेमा काभ्रेपलाञ्चोक घर भएका केदारनाथ महाजु, काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिकाकी सङ्गीता पुर्कोटी, इन्द्रावती–९ का हीरा श्रेष्ठ र विनोद लम्साल र सोही नगरपालिका–१० का रितेश आचार्य छन् ।रासस

तस्बिर : पेमा लामा (रासस)

प्रकाशित मिति : २०७६, २४ आश्विन शुक्रबार  ५ : ३४ बजे

बसमा आगलागी : मृतकको पहिचान खोज्दै प्रहरी, आफन्त अझै सम्पर्कमा आएनन्

काठमाडौं । त्रिपुरेश्वरमा सोमबार बसमा आगलागी हुँदा जलेर मृत्यु भएका

मुगुमा आयोडिनयुक्त नुनको ढुवानी र भण्डारण

मुगु । मुगुको सदरमुकाम गमगढीमा स्थलमार्गबाट ल्याइएको आयोडिनयुक्त नुन गोदाममा

भोटेकोशी बाढी अपडेट : १ हजार ४५१ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार बिहान

भोटेकोशी–त्रिशूली बाढीबाट पर्यटन क्षेत्रमा ५२ अर्ब ६७ करोडको क्षति भएको प्रतिवेदन पेश 

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको

एमाले केन्द्रीय कमिटी बैठक : आज मनोनयन र नेताहरूको धारणा

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको दोस्रो दिन