२०८२, १ फाल्गुन शुक्रबार

दशैंको मुखमा दुःखद खबर, काभ्रेको मेथिनकोटमा बोलेरो दुर्घटना, १६ घाइते

दशैंको मुखमा दुःखद खबर, काभ्रेको मेथिनकोटमा बोलेरो दुर्घटना, १६ घाइते


धुलिखेल १४ असोज : कोभ्रेको नमोवुद्ध नगरपालिकाको वडा नं ४ जोरसल्ला भन्ने ठाउँमा बोलेरो दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।

नगरपालिकाको भित्री सडक खण्डको जोरसल्लामा हिजो मंगलबार दुर्घटना हुँदा घाइते परिवारको दशैं दुःखद बन्न पुगेको छ । भकुण्डेबेशीबाट तिमालबेशीतर्फ जादै गरेको ९०४२ नं को बोलेरो दुर्घटनामा परेको थियो । ट्रान्समिटर लोड बोकेको बोलेरो आफै अनियन्त्रित भई सडकको साईडमा पल्टिएर दुर्घटना भएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार गाडीमा सवार १७ जना मध्ये चालक बाहेक १६ जना घाईते भएका छन् । प्रहरीले घटना लगत्तै उद्दार गरी स्थानीय मेथिनकोट अस्पतालमा प्राथमिक उपचार गराएको छ । प्राथमिक उपचार पछि घाइतेहरुको थप उपचारको लागि धुलिखेल अस्पतालमा पठाएको प्रहरीले बताएको छ ।१६ घाइतेमध्ये सामान्य अवस्थामा रहेका ७ जनाको मेथिनकोट अस्पतालमा उपचार भइरहेको छ ।

नमोवुद्ध न.पा.२ का चालक वर्ष २२ का राम कुमार श्रेष्ठको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइते हुनेहरुमा नमोवुद्ध–४ का भक्तबहादुर श्रेष्ठ, नमोवुद्ध नगरपालिका वडा नं ५ का लोकबहादुर श्रेष्ठ, रोशी–७ का चन्द्रकुमार तामाङ, राजकुमार तामाङ, माइला तामाङ, अजय तामाङ, कर्णबहादुर तामाङ, ग्याल्साङ तामाङ, दुर्गाबहादुर तामाङ, संग्राम तामाङ, दुधमान तामाङ, बीरसिंह तामाङ, माईला तामाङ, कान्छा तामाङ, सञ्मान तामाङ र विकास तामाङ, रहेका छन

प्रकाशित मिति : २०७६, १४ आश्विन मंगलबार  ९ : ०८ बजे

झापामा अध्यक्ष ओलीका सात दिन ८० वटा टोलमा मतदाता भेटघाट

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

दैलेख । भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा ८० अर्ब ७० करोड

सत्ताको दुरूपयोग गर्दै नेकपा उम्मेदवार दाहालले गरे पार्टी प्रवेशको प्रपञ्च, साँझ नपर्दै यसरी खुल्यो तथ्य

सिन्धुली: निर्वाचनमा पराजय हुने अबस्था आएपछि नेकपाका उमेदवारले कस्तो षडयन्त्र गर्न

सुशासन र पारदर्शिता बिना लोकतन्त्रले प्रतिफल दिन्न : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन र पारदर्शिता बिना लोकतन्त्रको

झापामा अध्यक्ष ओलीको घरदैलो : मतदाताका कुरा सुन्दै, आफ्ना प्रतिबद्धता सुनाउँदै

झापा। नेकपा एमालेका अध्यक्ष तथा झापा क्षेत्र नं. ५ का