२०८३, ३० भाद्र बुधबार

सनराईज बैंकद्वारा बृद्धाश्रमलाई न्यानो कपडा

सनराईज बैंकद्वारा बृद्धाश्रमलाई न्यानो कपडा


काभ्रे, १४ असोज :आर्थिक कारोबार गर्दै आएका बैंकहरु अव सामाजिक हितको कार्यमा समेत जुट्न थालेका छन् । सोही क्रममा पनौती नगरमा रहेको सनराईज बैंक लिमिटेडले आफ्नो स्थापना कालको १२ औं बार्षिक उत्सवको अवसर पारेर पनौती नगरपालिका वडा नं ७ मा रहेको प्राणनाथ माईती वृद्धाश्रमलाई १८ थान जाडोको सामग्रीहरु सहयोग उपलब्ध गराएको छ ।

बृद्धाश्रममा रहेका वृद्धबृद्धाहरुको स्वास्थ्यलाई मध्यनजर राख्दै बैंकले जाडोको समयको लागि आवस्यक न्यानो कपडा उपलब्ध गराएको छ । जुन कार्यले गर्दा बैंकहरु विगतको जस्तो आर्थिक कारोबारमा मात्रै सिमित नरही सामाजिक कार्यमा समेत जुट्ने गरेको पुष्टि भएको छ ।

कपडा बितरण कार्यक्रममा पनौती नगरपालिका वडा नं ७ का वडा अध्यक्ष रामचन्द नास्नानी तथा बृद्धाश्रमका प्रतिनीधिका रोहबरमा कार्यक्रम सम्पन्न गरेको थियो । बैंकले असोज महिनालाई १२ औं बार्षिकोत्सवपूर्ण महिनाको रुपमा मनाउन बिभिन्न १२ बिधामा देशभर कार्यक्रमहरु गर्दै आईरहेको छ ।

प्रकाशित मिति : २०७६, १४ आश्विन मंगलबार  ७ : ५६ बजे

इरानसँगको युद्धमा अमेरिकाको ३८ अर्ब डलर खर्च

काठमाडौं । इरानसँग जारी युद्धका क्रममा अमेरिकाले हालसम्म करिब ३८ अर्ब अमेरिकी डलर खर्च गरेको

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका अर्जेन्टिनाका स्टार फुटबलर

रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने निर्णय

काठमाडौं । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक

राष्ट्र बैंक ऐन संशोधन प्रतिवेदन अर्थ समितिबाट सर्वसम्मत पारित

काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको

चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार शव भेटिए

काठमाडौं । चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार जनाको शव फेला