२०८२, २९ पुस मंगलबार

सनराईज बैंकद्वारा बृद्धाश्रमलाई न्यानो कपडा

सनराईज बैंकद्वारा बृद्धाश्रमलाई न्यानो कपडा


काभ्रे, १४ असोज :आर्थिक कारोबार गर्दै आएका बैंकहरु अव सामाजिक हितको कार्यमा समेत जुट्न थालेका छन् । सोही क्रममा पनौती नगरमा रहेको सनराईज बैंक लिमिटेडले आफ्नो स्थापना कालको १२ औं बार्षिक उत्सवको अवसर पारेर पनौती नगरपालिका वडा नं ७ मा रहेको प्राणनाथ माईती वृद्धाश्रमलाई १८ थान जाडोको सामग्रीहरु सहयोग उपलब्ध गराएको छ ।

बृद्धाश्रममा रहेका वृद्धबृद्धाहरुको स्वास्थ्यलाई मध्यनजर राख्दै बैंकले जाडोको समयको लागि आवस्यक न्यानो कपडा उपलब्ध गराएको छ । जुन कार्यले गर्दा बैंकहरु विगतको जस्तो आर्थिक कारोबारमा मात्रै सिमित नरही सामाजिक कार्यमा समेत जुट्ने गरेको पुष्टि भएको छ ।

कपडा बितरण कार्यक्रममा पनौती नगरपालिका वडा नं ७ का वडा अध्यक्ष रामचन्द नास्नानी तथा बृद्धाश्रमका प्रतिनीधिका रोहबरमा कार्यक्रम सम्पन्न गरेको थियो । बैंकले असोज महिनालाई १२ औं बार्षिकोत्सवपूर्ण महिनाको रुपमा मनाउन बिभिन्न १२ बिधामा देशभर कार्यक्रमहरु गर्दै आईरहेको छ ।

प्रकाशित मिति : २०७६, १४ आश्विन मंगलबार  ७ : ५६ बजे

सिन्धुलीको घाङलेखमा  एसबी आई बैंक लुटियो, काभ्रेबाट टाटा सूमो चढेर आएका थिए लुटेरा समूह

सिन्धुलीको घाङलेख गाउँपालिकामा रहेको नेपाल एसबी आई बैंक साँझ ७

देउवाको राजीनामा मुद्दामा सहमति जुटेन, त्रिपक्षीय वार्ता एक घण्टाका लागि स्थगित

काठमाडौं । नेपाली कांग्रेसभित्रको विवाद समाधानका लागि बसेको त्रिपक्षीय वार्ता

“बागबजारको होडिङ बोर्ड” सपना र संघर्ष

धेरैपछि काठमाडौँ आएको छु,अन्तर्राष्ट्रिय विमानस्थलबाट झर्दा पहिलो सासमै केही फरक

कांग्रेसमा अराजकता होइन, विधान र जिम्मेवारीको शासन चाहिन्छ

नेपाली कांग्रेस आज आन्तरिक तनावको कठिन चरणमा छ। तर यो

कांग्रेस केन्द्रीय समिति बैठक दिउँसो १ बजे बस्ने, विशेष महाधिवेशन विवाद चुलिँदै

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार दिउँसो १ बजेका