२०८३, ३० श्रावण आईतबार

च्याङ्ग्रा प्रतिकिलो रु ७८० मा बिक्री

च्याङ्ग्रा प्रतिकिलो रु ७८० मा बिक्री


भक्तपुर, १३ असोज: यहाँका उपभोक्ताका लागि दशैँका लागि मुस्ताङबाट ल्याइएका च्याङ्ग्रा सल्लाघारी ल्याइएको छ । यस वर्ष खसीको मासुको मूल्य वृद्धि भएसँगै च्याङ्ग्राको मासुको पनि मूल्य वृद्धि भएको छ । यस वर्ष जिउँदो च्याङ्ग्रा प्रतिकिलो रु ७८० मा मूल्य निर्धारण गरेर बिक्री शुरु गरेको व्यापारी सनम लामाले बताउनुभयो । हिमाली भेगबाट आयात हुने भेडा र च्याङ्ग्रा जडीबुटी खाएर हुर्कने तथा यसको मासु स्वस्थकर हुने विश्वासले उपभोक्ताले च्याङ्ग्राको मासु रोज्न थालेपछि मूल्य वृद्धि भएको हो ।

मासुका लागि प्रयोग गर्न भारतबाट उच्चरुपमा खसीबोका आयात हुने गरे पनि यस वर्ष खसीमा स्वास्थ्य परीक्षण गरेर मात्रै आयात गर्नुपर्ने भएपछि खसीबोका आयात घटेको छ । खसीबोकाको आयात घटेसँगै यस वर्षको दशैँमा खसीबोकासँगै च्याङ्ग्राको मूल्य पनि वृद्धि भएको व्यापारी बताउँछन् ।

विगत १८ वर्षदेखि भेडा र च्याङ्ग्रा व्यापार गर्दै आएका व्यापारी पशुपति सिलवालले प्रदेशदेखि स्थानीय तहसम्मका सरकारलाई कर बुझाउन परेकाले पनि मूल्यमा वृद्धि भएको बताउनुभयो । मुस्ताङबाट म्यादी, पर्वत, कास्की, तनहँु, चितवन, धादिङ, काठमाडौँ हँुदै भक्तपुरको सल्लाघारीसम्म भेडा र च्याङ्ग्रा ल्याउँदा आधा दर्जनभन्दा धेरै स्थानमा कर तिर्नु परेको छ ।

केन्द्रीय सरकारले खसीबोका र भेडा, च्याङ्ग्रामा कर नलिन आग्रह गरे पनि स्थानीय सरकारले अटरे गरेपछि त्यसको प्रत्यक्ष मारमा भने आम सर्वसाधारण पर्ने भएका छन् । सल्लाघारीमा मङ्गलबार र बुधबार पनि व्यापारीले भेडा, च्याङ्ग्रा ल्याउँदै छन् । यस वर्ष २००० दुई हजार भेडा, च्याङ्ग्रा यहाँ ल्याउने व्यापारीले जनाएका छन् ।

प्रकाशित मिति : २०७६, १३ आश्विन सोमबार  ६ : ४१ बजे

पाटन बारमा रास्वपाको ‘शर्मनाक हार’पछि धाँधलीको आरोप, निर्वाचन प्रक्रियामाथि प्रश्न

काठमाडौं । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा रास्वपा निकट

भारतीय प्रधानसेनापति सेठ आज काठमाडौंमा, मानार्थ महारथीको दर्जा ग्रहण गर्ने

काठमाडौं । भारतीय सेनाका प्रधानसेनापति जनरल धिरज सेठ नेपालको औपचारिक

हर्मुजमा यूएईको तेल ट्यांकरमाथि इरानले आक्रमण गरेको आरोप

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) ले हर्मुज जलमार्गमा आफ्नो

नाफामा छलाङ मार्दै नेपाल टेलिकम, ४७.५८ प्रतिशत वृद्धि

काठमाडौं । नेपाल टेलिकमले गत आर्थिक वर्ष २०८२/८३ मा ८

एनसेल छानबिन प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णयमा सर्वोच्चको ब्रेक

काठमाडौं । एनसेलको शेयर खरिद–बिक्री तथा स्वामित्व परिवर्तनसम्बन्धी छानबिन प्रतिवेदन