२०८२, १ फाल्गुन शुक्रबार

नवरात्रमा दुर्गा भगवतीलाई खुसी पार्न यस्तो रंगको वस्त्र धारण गर्नुहोस्

नवरात्रमा दुर्गा भगवतीलाई खुसी पार्न यस्तो रंगको वस्त्र धारण गर्नुहोस्


प्रथमं शैलपुत्री च द्वितीयम् ब्रह्मचारिणी । तृतीयं चन्द्रघण्टेति कुष्मांडेति चतुर्थकं ।। पंचमं स्कंदमातेति, षष्टम कात्यायनीति च । सप्तमं कालरात्रीति, महागौरीति अष्टमं ।। नवमं सिद्धिदात्री च नवदुर्गा प्रकीर्तिताः ।।

दशैंको नवरात्रिको अवसरमा दुर्गा भगवतीका यी नौ वटा रुप उच्चारण गरी हरेक दिन एक रुपको विधिवत् विशेष पुजा उपासना गरिन्छ । दुर्गाका हरेक रुपको पुजा उपासनाका क्रममा देवीलाई प्रसन्न पारे मनोबाञ्छित फल मिल्ने गर्दछ ।

यसरी नवरात्रिको अवधिभर दुर्गाका नौ रुपको उपासना गर्दा हरेक तिथिमा भगवती प्रसन्न हुने रंगको वस्त्र धारण गरी उपासना गरे देवीबाट शुभ आर्शिबाद मिल्ने विश्वास गरिन्छ । यस पटकको शरदीय नवरात्रिमा दुर्गाको कुन रुपको कुन रंगको बस्त्र पहिरीएर उपासना गर्नाले भगवती प्रसन्न हुन्छिन् ।

पहिलो दिन पहेलो रंग
नवरात्रिको पहिलो दिन पर्वतराज हिमालयकी पुत्री माता शैलपुत्रीको पूजा गरिन्छ । यस दिन पहिलो रंगको वस्त्र धारण गरी पुजा गरेमा देवीको विशेष कृपा रहने छ ।

दोश्रो दिन हरियो रंग
नवरात्रिको दोश्रो दिन देवी ब्रह्मचारिणीको उपासना गरीन्छ । यस दिन देवीको उपासनाका क्रममा हरीयो रंगको वस्त्र पहिरीएमा बिशेष लाभ मिल्नेछ ।

तेश्रो दिन खैरो रंग
नवरात्रिको तेश्रो दिन दुर्गा भगवतीको चन्द्रघण्टा रुपको उपासना गरीन्छ । यस दिन खैरो रंगको वस्त्र पहिरीएर देवीको उपासना गरे धनलाभको योग बन्नेछ ।

चौथो दिन सुन्तला रंग
नवरात्रिको चौथो दिन माता कुष्मान्डाको उपासना गरीन्छ । यस दिन सुन्तला रंगको वस्त्र पहिरीएर देवीको उपासना गरेमा मनोबाञ्छित लाभ मिल्नेछ ।

पाँचौ दिन सेतो रंग
नवरात्रिको पाँचौ दिन स्कन्दमाताको उपासना गरीन्छ । यस दिन सेतो रंगको वस्त्र पहिरिएर स्कन्दमाताको उपासना गरे मनोकामना पुर्ण हुनेछ ।

छेठौ दिन रातो रंग
नवरात्रिको छैठो दिन दुर्गा भगवतीको कात्यायनी रुपको उपासना गरीन्छ । यस दिन रातो रंगको वस्त्र पहिरीएर उपासना गर्नाले माता कात्यायनीको आर्शिवाद मिल्नेछ ।

सातौ दिन नीलो रंग
नवरात्रिको सातौ दिन अर्थात सप्तमीमा माता कालरात्रिको उपासना गरिन्छ । यस दिन नीलो रंग धारण गरेर कालरात्रिको उपासना गरेमा माता प्रसन्न हुनेछिन् ।

आठौ दिन गुलाबी रंग
अष्टमीको दिन महागौरीको उपासना गरीन्छ । महागौरीको उपसनाका क्रममा गुलाबी रंगको वस्त्र धारण गरेमा तत्काल शुभ फल मिल्ने योग हुन्छ ।

नवौं दिन बैजनी रंग
नवरात्रिको नवौं दिन माता सिद्धिदात्रीको उपासना गरिन्छ । यस दिन बैजनी रंगको धारण गरी माता सिद्धिदात्रीको उपासना गरे पारिवारीक सुखमा वृद्धि हुनेछ ।

प्रकाशित मिति : २०७६, १३ आश्विन सोमबार  ६ : २४ बजे

झापामा अध्यक्ष ओलीका सात दिन ८० वटा टोलमा मतदाता भेटघाट

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

दैलेख । भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा ८० अर्ब ७० करोड

सत्ताको दुरूपयोग गर्दै नेकपा उम्मेदवार दाहालले गरे पार्टी प्रवेशको प्रपञ्च, साँझ नपर्दै यसरी खुल्यो तथ्य

सिन्धुली: निर्वाचनमा पराजय हुने अबस्था आएपछि नेकपाका उमेदवारले कस्तो षडयन्त्र गर्न

सुशासन र पारदर्शिता बिना लोकतन्त्रले प्रतिफल दिन्न : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन र पारदर्शिता बिना लोकतन्त्रको

झापामा अध्यक्ष ओलीको घरदैलो : मतदाताका कुरा सुन्दै, आफ्ना प्रतिबद्धता सुनाउँदै

झापा। नेकपा एमालेका अध्यक्ष तथा झापा क्षेत्र नं. ५ का