२०८२, २६ कार्तिक बुधबार

दसैंको मुखमा मूल्यवृद्धि, जे छोयो त्यही महँगो

दसैंको मुखमा मूल्यवृद्धि, जे छोयो त्यही महँगो


काठमाडौं, असोज १२ : दसैंको मुखमा चामल, हरियो तरकारी, खाने तेल, मासु लत्ताकपडा र जुत्ताको मूल्य बढेको छ । ३ हजार ३०० पर्ने ३० किलोको जिरा मसिनो बोरामा सय रुपैयाँ बढेको छ । एक हजार ५७५ देखि एक हजार ६०० मा बिक्री हुने २५ किलोको अर्को थरीको जिरा मसिनोको प्रतिबोरा ५० देखि १०० रुपैयाँसम्म बढेको छ ।

बजार अनुगमनको जिम्मेवारी पाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि भएको स्वीकारेको छ । विभागका महानिर्देशक योगेन्द्र गौचनले डलर महँगिएका कारण मूल्य बृद्धि भएको बताए । खुद्रा व्यापार संघले पनि दैनिक उपभोग्य वस्तुमध्ये चामलको मूल्य बढेको जनाएको छ ।

संघका अध्यक्ष राजकुमार श्रेष्ठले भने,‘चामल आयात गर्नुपर्छ । मूल्यवृद्धि हुनुमा महँगिएको डलरको प्रभाव र अन्तर्राष्ट्रिय मूल्य वृद्धि हो ।’ यो समाचार अन्नपूर्ण पोस्ट्मा राजेश बर्माले लेखेका छन् ।

प्रकाशित मिति : २०७६, १२ आश्विन आईतबार  ६ : ४२ बजे

प्रतिगामी षडयन्त्रविरुद्ध एमालेद्वारा देशभर जनप्रदर्शन

काठमाडौं । नेकपा (एमाले) ले संविधान र लोकतन्त्रको रक्षाका लागि

आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं। आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्ने भएको छ

हुम्लामा ट्याक्टर दुर्घटना : चालकको मृत्यु, एक जना घाइते

अदानचुली (हुम्ला) । हुम्लामा विद्युत् पोल बोक्दै गरेको एक ट्याक्टर

भारत-अमेरिका व्यापार सम्झौता नजिकिँदै, ट्रम्पले ट्यारिफ घटाउने संकेत

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसँग व्यापार सम्झौता लगभग

मुख्यमन्त्री यादवको आह्वान : तोडफोड र अराजकताविरुद्ध संयमित रहन आग्रह

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशमा भइरहेको