२०८२, २ माघ शुक्रबार

तरकारी अचाक्ली महँगो, २० दिनमै बढ्यो २८९ प्रतिशत

तरकारी अचाक्ली महँगो, २० दिनमै बढ्यो २८९ प्रतिशत


काठमाडौं, असोज ११ : चाडपर्व नजिकिएसँगै तरकारीको मूल्य अचाक्ली बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार २० दिनमा होलसेल मूल्य नै २८९ प्रतिशतसम्म वृद्धि भएको छ । व्यावसायीले वर्षा र भारतमा मूल्य वृद्धि भएका कारण देखाउँदै तरकारीको मूल्य अस्वाभाविक रुपमा बढाएका हुन् ।

समितिका सूचना अधिकारी विनय श्रेष्ठले वर्षाका कारण हरियो सागमा क्षति पुगेर महँगो भएको बताए । तर मूल्यवृद्धि हरियो सागमा मात्र नभएर अधिकांश तरकारीमा भएको छ । भदौ २० गते ४५ रुपैयाँमा बिक्री भएको भेडे खुर्सानीको मूल्य असोज १० मा २८९ प्रतिशतले बढेर होलसेलमै १७५ रुपैँया प्रतिकेजी पुगेको छ । बोडी (तने) २२७ प्रतिशतले बढेर ९८ रुपैयाँ पुगेको छ ।

यस्तै गरेर बजारका सबैजसो तरकारीमा मूल्य अचाक्ली महँगो भएको छ । जथाभावी मूल्यवृद्धिले उपभोक्तालाई मर्का परे पनि सरोकारवाला निकायहरुले अनुगमनमा चासो दिएका छैनन् । यो समाचार कान्तिपुर दैनिकमा राजु चौधरीले लेखेका छन् ।

प्रकाशित मिति : २०७६, ११ आश्विन शनिबार  ६ : ५२ बजे

निर्वाचन आयोगबाट कांग्रेसको गगन–विश्व समूहलाई औपचारिक मान्यता

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई कानून र

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति