२०८२, १८ मंसिर बिहीबार

निरीह मानवअधिकार आयोग : गैरन्यायिक हत्याको श्रृंखला बढ्दो, सत्यतथ्य गुपचुप

निरीह मानवअधिकार आयोग : गैरन्यायिक हत्याको श्रृंखला बढ्दो, सत्यतथ्य गुपचुप


काठमाडौं, असोज ९ : राष्ट्रिय मानवअधिकार आयोगबाट भएको गैरन्यायिक हत्याको छानबिन प्रतिवेदन सार्वजनिक हुन सकेका छैनन् । विवादास्पद घटनामा आयोगको धारणा नै सार्वजनिक नहुनुले गैरन्यायिक हत्याको शृंखला बढ्दो छ । आयोगले विभिन्न घटनाका छानबिन प्रक्रिया पूरा गरेको बताए पनि घटनाको सत्यतथ्य सार्वजनिक भने गर्न सकेको छैन ।

गैरन्यायायिक हत्याको छानबिन समितिमा रहेको मानवअधिकार आयोगका सदस्य गोविन्द पौड्यालले छानबिन पूरा गरेर अध्यक्षलाई प्रतिवेदन बुझाएको बताउँछन् । ५ असारमा राज्यद्वारा प्रतिबन्धित पार्टी विप्लव नेकपाका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको प्रहरीबाट हत्या भयो । दोस्रो दिन राष्ट्रिय मानवअधिकार आयोगले सो हत्याको विषयलाई लिएर छानबिन टोली गठन गरेको विज्ञप्तिमार्फत जनाएको थियो ।

एक महिनापछि आयोगले प्रहरी र स्थानीयसँग छानबिनका लागि अनुसन्धान थालेको थियो ।प्रहरीले सो घटनामा मारिएका पौडेल मुठभेडमा मारिएको भनेको छ । तर, मानवअधिकार आयोगले अनुसन्धानको प्रक्रिया नटुंगिँदै प्रहरीको बयान सार्वजनिक हुनुले सो घटनामाथि शंका गरेको थियो । तर, पनि आयोगले सो घटनालाई गैरन्यायिक हो भनेर स्पष्टसँग भन्न नसक्नुलाई आयोग प्रभावित भएको विज्ञ आरोप लगाउँछन् ।

छानबिन गरेको विषयलाई गोप्य राख्नुको साटो आयोगबाट नाम सार्वजनिक भएपछि प्रहरीले आपत्ति जनाएको थियो । सरकारको तर्फबाट गृहमन्त्रालयले भने सो घटनालाई मुठभेड भनेको छ । यो समाचार आजको राजधानी दैनिकमा निराजन पौडेलले लेखेका छन् ।

प्रकाशित मिति : २०७६, ९ आश्विन बिहीबार  ७ : ०४ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको